कोकिनको रुट : नेपाल ट्रान्जिट, भारत अन्तिम गन्तव्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
पुस ४, २०८० बुधबार २१:५४:४९
४ पुस, काठमाडौं । लागूऔषधका अन्तर्राष्ट्रिय तस्करहरूले नेपाललाई ट्रान्जिट बनाएर भारततर्फ कोकिन तस्करी गरेका छन् । पछिल्लो पटक नेपाल प्रहरीले गरेको एउटा प्रारम्भिक अनुसन्धानबाट नेपालको बाटोबाट भारतका विभिन्न शहरमा कोकिन तस्करी गरेको पाइएको हो ।
लागूऔषध नियन्त्रण ब्यूरोले गरेको अनुसन्धान अनुसार तस्करीमा अधिकांश भारतीय नागरिक नै प्रयोग भएका र नेपालको बाटो हुँदै नयाँ दिल्ली गन्तव्य देखिएको प्रहरीले जनाएको छ । ब्यूरोका अनुसार तस्करीमा खासगरी भारतको पूर्वोत्तर मिजोरमका नागरिक प्रयोग भएको देखिएका हुन । यो विषयमा सरसरती अध्ययन अनुसन्धान गर्दा भारतमा ठूलो बजार रहेको र गरिवीका कारण तस्करीमा पनि मानिस बढी देखिएका छन्’, व्यूराका प्रवक्ता एसपी चक्रराज जोशीले भने । उनका अनुसार आर्थिक अभावका कारण धेरै भरिया पूर्वोत्तर मिजोरमका नागरिक रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरोले पछिल्ला १० वर्षमा चलाएको २४ अप्रेसनमा ६५.७३६ किलो कोकिन बरामद गर्दा २९ अभियुक्त पनि पक्राउ परेका थिए । बरामद कोकिनमध्ये १८.३२ किलो दिल्ली लाने योजना रहेको खुलेको थियो । जुन कुल बरामद परिमाणको २७.८६९ प्रतिशत थियो । त्यस्तै, १३.३६२ कोकिनको हङकङ लगिने योजनाको थियो । यो कुल बरामद परिमाणको २०.३२६ प्रतिशत हो । बाँकी ३४.०९ किलो कोकिन भने नेपाल, थाइल्यान्ड, इटाली, पाकिस्तानलगायत देशमा तस्करी गर्ने योजनाअन्तर्गत खुलेको व्यूरोले जनाएको छ । ‘नेपाललाई ट्रान्जिट बनाएर तस्करी हुने अधिकांश कोकिनको गन्तव्य भारतको दिल्ली नै रहेको देखिन्छ । तस्करीमा अधिकांश भारतीय नागरिक नै प्रयोग भएका छन’, एसपी जोशीले भने ।
पछिल्लोपटक गत ४ मंसिरमा भारत मिजोरमकी ३२ वर्षीय किम्रो संगी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १.९७३ किलो कोकिनसहित पक्राउ परेकी थिइन । उनले सुटकेसभित्र ‘फल्सबटम’ बनाई इथोपियाबाट कतार हुँदै कोकिन नेपाल ल्याएकी थिइन्, जुन भारतको नयाँदिल्ली लैजाने योजना थियो । काठमाडौं झरेकै दिन उनी जहाजमार्फत भुटान जाँदै थिइन । र, त्यहाँबाट दिल्ली उड्ने योजना थियो । कोकिन दिल्ली पु¥याएबापत किम्रोलाई तस्कर समूहले तीन लाख २० हजार दिने भएपनि उनी कोकिन लिएर दिल्ली जान तयार भएकी थिइन ।
भारत उत्तरप्रदेश अलिग्रहका ५१ वर्षीय रवीन्द्रकुमार परसरलाई गत ५ वैशाखमा प्रहरीले १.८० किलो कोकिनसहित ठमेलबाट पक्राउ ग¥यो । सो कोकिन उनलाई केन्याली नागरिक ६३ वर्षीय पिलिसिला वान्जा दिरुतीले जहाजमा काठमाडौं ल्याएर दिएकी थिइन । सो कोकिन उनले दिल्ली लैजान खोजेका थिए ।
भारत मिजोरमकै ४५ वर्षीय बहलाल्लावमीलाई पनि प्रहरीले गत १४ चैतमा अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ ग¥यो । उनीबाट २.८८७ किलो कोकिन पनि बरामद ग¥यो । कतारबाट इन्डिगो एयरलाइन्समा काठमाडौं झरेकी उनले उक्त कोकिन दिल्ली नै लैजान लागेकी थिइन । चारवटा लेडिज ब्यागको ‘फल्सबटम’भित्र लुकाई ल्याइएकी थिइन । गत १४ चैतमा प्रहरीले अन्तर्राष्ट्रिय विमानस्थलबाटै पाँच किलो कोकिनसहित २९ वर्षीया इस्टर लाल्हलिम्पुईलाई पक्राउ ग¥यो । ठमेलबाट पक्राउ परेकी उनी पनि भारत मिजोरमकै थिइन । बरामद कोकिन उनले पनि दिल्ली नै लैजान लागेकी थिइन् ।
त्यस्तै प्रहरीले २.९६६ किलो कोकिन तस्करी घटनामा ९ भदौ ०७९ मा विश्वभाषा क्याम्पसमा अध्ययनरत तान्जेनियाली २६ वर्षीया गट्र्युड लियोनार्द किमोरलाई पक्राउ ग¥यो । सिन्धुली खुर्कोटबाट पक्राउ परेकी उनी कोकिन भारतको दिल्ली नै लैजाने तयारीमा थिइन । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार २०२२ फेब्रुअरीमा क्याम्पस भर्ना भएकी उनी स्टुडेन्ट भिसामा दुई वर्षदेखि नेपाल बस्दै आएकी थिइन । क्षेत्रपाटीमा प्रतिमहिना २० हजार रुपैयाँ फ्ल्याट भाडामा लिई बस्दै आएकी उनी २०१९ मा टुरिस्ट भिसामा पहिलोपटक नेपाल आएकी थिइन । प्रहरीका अनुसार यसरी भारत लैजान लागेको कोकिन बोक्ने पनि अधिकांश भारतीय नागरिक नै रहेका छन् ।
त्यसयता लगातार नेपाल बस्दै आएकी किमोरले लागूऔषध कारोबारमा विशेष गरी ‘एन्टी सर्भिलेन्स’को भूमिका निभाउँदै आएकी थिइन । बरामद कोकिनलाई काठमाडौंसम्म ल्याउने काम भने दक्षिण अफ्रिकी नागरिक ३० वर्षीया सिर्लेगामाले गरेकी थिइन । प्रहरीले उनलाई पनि पक्राउ गरेको थियो । फरक–फरक मितिमा बरामद माथि कोकिन तस्करीका चार घटनाको ‘मोडस अपरेन्डी’ (कार्यप्रणाली) एउटै छ । चारवटै घटनामा सुटकेस र लेडिज ब्यागको ‘फल्सबटम’भित्र कोकिन बरामद भएको छ । र, चारवटै घटनामा बरामद कोकिन नयाँदिल्ली लैजान खोजिएको छ । र, तस्करीमा भारतीय नागरिक नै प्रयोग भएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ
जेठ २९, २०८१ मंगलबार
सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ
जेठ १८, २०८१ शुक्रबार
रौतहट प्रहरीद्वारा लाखौँको भारतीय मलखाद र कुखुरा बरामद
जेठ १०, २०८१ बिहिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
इजरायलका प्रधानमन्त्री नेतन्याहुले विघटन गरे युद्ध क्याबिनेट
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार