गृहमन्त्री लामिछानेकी पत्नी निकिता पौडेल सम्बद्ध साई स्वागत सहकारीमा महानगरले मार्यो छापा
नेपालबहस संवाददाता
चैत २१, २०८० बुधबार २०:४०:४५
२१ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेल सम्बद्ध रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थामा काठमाडौं महानगरपालिकाले छापा मारेको छ । महानगरपालिकाको सहकारी विभागले बचतकर्ताको उजुरीका आधारमा बुधबार विभागका कर्मचारी, महानगर प्रहरी सहितको टोलीले छापा मारेको हो ।
निकिता यसअघि सो सहकारीकी उपाध्यक्ष थिइन् । उनीविरुद्ध उजुरी पनि परेको थियो । सञ्चालक समितिका तत्कालीन उपाध्यक्ष पौडेल र अर्का एकले ७० लाख रुपैयाँ सहकारीबाट निकालेको बचतकर्ताको आरोप छ । उक्त रकम सहकारीलाई फिर्ता गरिसकेको उनको दावी छ । सहकारीले नयाँ सञ्चालक समिति चयन गरेको भएपनि संस्थाको पूर्वअध्यक्ष भरतजंगम र उपाध्यक्षमा गृहमन्त्री पत्नी निकिता पौडेल छन् । सोही सहकारी दुई वटा समूह छ ।
बिजुलीबजारमा रहेको सहकारी कार्यालयबाट पछिल्लो साधारणसभाको उपस्थिति निर्णय सहित माइन्युट, सहकारीबाट ऋण लिने ऋणीको विवरण, बचतकर्ताको विवरण ल्याएको छ । धेरै ऋण लैजाने ऋणी, सञ्चालक समितिका सदस्यहरूको विवरण पनि टोलीले ल्याएको छ । सहकारीको सफ्टवेयर सिस्टम पनि महानगरको टोलीले बरामद गरेको छ । महानगरपालिका अनुसार धेरै उजुरी आएका ४० सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो ।
महानगर सहकारी विभागमा उपाध्यक्ष पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको उजुरी परेको थियो । विभागका अनुसार बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै बचत फिर्ता दिन महानगरमा उजुरी दिएका थिए । महानगरले ४० वटा सहकारीमध्ये साई स्वागत बचत तथा ऋण सहकारी पनि एक हो । गृहमन्त्री लामिछानेविरुद्ध पनि सहकारी ठगीको विषयमा छानविन भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार