सानुबाबुका ११ गुदी मन्त्र, जसले अमेरिकामा व्यवसाय पूर्व तपाईँका आँखा खोल्छ !
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार १७:५६:३८
♦ सानुबाबु सिलवाल
२८ चैत, काठमाडौं । अमेरिका सम्भावनाको देश हो, सपनाको देश हो। संसारकै राजनीतिको केन्द्रबिन्दु अमेरिका भएकै हुनाले होला, नेपाल लगायत विश्वका धेरै मुलुकबाट अमेरिका छिर्नेको लस्कर चलिरहेकै छ ।
मान्छेका हजारौं सपना हुन्छन् । तीमध्ये एक अमेरिकी सपना । नेपालीलाई अमेरिका जान पाए अरु के चाहिन्थ्यो र ? स्वर्गमै पुगेजस्तो । नेपाली मात्रै होइन, संसारका लागि अमेरिका एक सपनाको देश हो । भौतिक र आर्थिक उन्नतीमा मात्र माथि छैन, विज्ञान, व्यवस्थापन र अरु विविध विधामा अमेरिका अग्रस्थानमा छ । विश्व शक्तिराष्ट्र पनि हो, अमेरिका ।
अमेरिकालाई दुस्मन ठान्ने देखि प्रतिस्पर्धामा उत्रिएका विश्वका मुलुकहरूले अमेरिकाको अर्थतन्त्र र विकासलाई पछ्याइरहेका छन् । ती देशका नागरिकका लागि पनि अमेरिका सपनाको देश मानिन्छ । अमेरिका जानु पाउन एउटा सफलता मानिन्छ । त्यहाँ गएपछि काम र दाम दुवै हुन्छ । त्यसैले अमेरिकी सपना बग्रेल्ती छ । आफ्ना छोराछोरी वा आफन्त अमेरिकामा छन् भनेर सुनाउन पाउँदा समेत मानिसहरू गर्व गर्छन् !
समाजको व्यवहार पनि अचम्मको । यहीँ केही गर्छु भनेर ऋण खोज्दा कसैले दिँदैनन् । पत्याउँदैनन् । तर, अमेरिका जान लागेको थाहा पाउनुपर्छ, पैसा मात्रै होइन छोरी नै दिन तँछाडमछाड हुन्छन् !
तेस्राे, हिजोआज अमेरिकाको नेपाली समाजमा व्यवसायमार्फत आर्थिक समुन्नतिका लागि केही गरौँ भन्ने चिन्ता र चासो अधिकांशमा पाए मैले। यो राम्रो कुरा पनि हो। ज जसले सोच्नु भएको छ अमेरिकामा आर्थिक उन्नतिका लागि छरिएर रहेका प्रचण्ड अवसर र उर्वर वातावरणलाई सदुपयोग गरि व्यवसायबाट आर्थिक प्रगतितर्फ उन्मुख हुने उत्तम माध्यम वा मार्ग भने भयो।
तर कसरी, कहाँ, कुन अवस्थामा कस्तो व्यवसाय गर्न सकिन्छ र प्रतिफल प्राप्ति हुन सक्ला ? यस बारेमा व्यवसायमा उत्सुक समुदाय अनभिज्ञ रहेको मैले पाए। यस्तै यस्तै दर्जनौं जिज्ञासाहरू म माथि दैनिकी नै ओइरिने गरेको छ। यसैलाई आधार र मध्यनजर राखी मैले छोटकरीमा ११ बुँदे सल्लाह सुझाव र टिप्स शेयर गरेको छु, जसले व्यवसाय गर्नका लागि जानकारीको पर्खाइमा बसिरहेका समुदाय, व्यक्ति र परिवारलाई मद्दत पुग्नेछ।
के के हुन त यी ११ बुँदे टिप्स र कदमहरू जसले अमेरिकामा व्यवसाय शुरु गर्नका लागि महत्वपूर्ण आइडिया दिनेछ।
१. बिजिनेश(व्यवसाय) कार्य योजनाको खाका कोर्नुहोस्- कापीमाः
के व्यवसाय गर्ने हो, कसरी गर्ने, के के आवश्यकता हुनसक्छ र तपाईँसँग उपलब्ध स्रोत, साधन र जनशक्ति एउटा शान्त टेबल र कुर्सीमा बसेर खाका कोर्नुहोस्। जसले तपाईँलाई कन्फिडेन्ट मात्रै बनाउँदैन कि तपाईँलाई एउटा बाटो तय गरिदिन्छ। यससम्बन्धि जानकारी, गाइड र तपाईँको रुटिङ्ग जस्तै हुनेछ, यो तपाईंले कोर्ने रेखा।
२. सम्बन्धित व्यवसाय सम्बन्धी तालिम लिनुहोस् वा जानकारी दिने मानिस खोज्नुहोस्ः
कुनै पनि व्यवसायको जानकारी बिना हात नहाल्नु होस। यससम्बन्धि छोटो तालिम लिने हो कि अर्थात् यस सम्बन्धी जानकारी राख्ने कन्सल्ट्यान्ट वा व्यक्ति वा समूहको सल्लाह, जानकारी वा सुझाब माग्नुहोस् जसले तपाईँलाई तपाईँले गर्न खोजिएको व्यवसाय सम्बन्धी हल्का जानकारी मात्रै होइन कि एउटा मार्ग जसले समस्या पर्नबाट जोगाउनेछ। कसरी कस्तो अबस्थामा, कहाँ, कति रकम लाग्ने र स्थान छनौटमा ठुलो सहायता पुग्नेछ।
३. व्यवसायको स्थान छनौट गर्नुहोस्
स्थान छनौट सफल व्यवसायको एउटा ठुलो आधार हो। राम्रो ठाउँ, पायक, सस्तो, फ्राइण्डली, कम कर तथा कम कानुनी ह्यासल हुने स्थान छनौट मात्रै होइन कि न्यून अपराध र बढि खर्चालु अमेरिकन बस्ने स्थान छनौटले तपाईँको भविष्य व्यवसायको सफलताको आधार स्तम्भ पनि हो। व्यवसायको छनौट पछि घरधनी वा स्थानको लिजको प्रक्रिया, लिजको प्रावधान, रेन्ट वा प्रपर्टी खरिद गरिएको हो भने पनि व्यवसाय र पर्पर्टीको कम्पनी फरक फरक राखि लिज सम्झौता तयार गर्न तिर लाग्नुहोस्। लिज बनाउँदा कानुनी कागजमा हस्ताक्षर गर्नु पूर्व, व्यवसाय खरिद गर्दा पूर्व मालिकसँगको कारोबार तथा पूर्ण लिज गर्नु पूर्व वकिलको सल्लाह वा वकिल लगाउन नभुल्नु होला ।
४. आर्थिक जोहो गर्नुहोस्
व्यवसायको स्थान छनौट गरिसकेपछि अब त्यस व्यवसायका लागि लाग्ने आर्थिक जोहो गर्न लाग्नुहोस्। तपाईंसँग कति छ, लगानीका लागि कति नपुग छ र नपुग स्रोतका लागि साथीभाइ, आफन्त, क्रेडिट कार्ड वा संस्थाबाट लोन खोज्ने तिर लाग्नुहोस्।
५. कम्पनीको कानुनी नाम र डिबिए छान्नुहोस्
व्यवसाय गर्नु पूर्व तपाईँले आफ्नो नाम वा परिवारको सहित वा आफन्त वा पार्टनरको जो जो संलग्न हुने निर्क्योल गरि कम्पनीको कानुनी नाम छान्नुहोस् र डिबिए(डोइङ्ग बिजिनेश एज) क्याचि मन पर्ने वा सुहाउँदो नाम छनौट गर्न तिर लाग्नुहोस्।
६.कम्पनी खोल्नेतिर लाग्नुहोस्
स्थान पनि छनौट भयो, ठाउँ र व्यवसाय पनि हेर्नुभयो र मोल मोलाइ वा किन्ने हिसाबकिताब र मूल्य तोकि सकियो वा व्यवसायका लागि पैसा सबै जोहो गर्नु भयो भने पछि अब कम्पनी दर्ता तिर लाग्नुहोस्। ठाउँ अनुसार एल एल सि, इङ्क, पार्टनरशिप, कर्पोरेसन के खोल्दा कर तथा आफ्नो स्वामित्व र लायाबिलिटिज के कस्तो कम्पनी खोल्दा घटिबढी हुन्छ, त्यो काम गरिरहेका लेखापाल एकाउन्टेन्टहरूसँग बुझेर उनीहरुलाई नै कम्पनी खोल्न लगाउनु होला वा आफैले राज्यको सचिवालय कार्यालयको अनलाइनमा गरेर प्रक्रिया अघि बढाउन सक्नु हुनेछ।
७. संघीय तथा राज्य कर नम्बर लिनुहोस्
राज्य सरकारको सचिवालयमा कम्पनी दर्ता भएर आएकै दिन तपाईँले संघीय फेडेरल सरकारबाट फेडेरल कर आइ डी लिनुपर्ने हुन्छ। यो एकै दिनको काम हो र जब फेडेरल कर नम्बर प्राप्त भएपछि तुरुन्तै जुन राज्यमा व्यवसाय गर्ने हो, त्यो राज्यको आइ आर एस कार्यालयबाट राज्य कर नम्बर लिनु पर्नेछ। यो पनि बढीमा २ दिनभित्र हुनेछ।
८. अन्य लाइसेन्स, परमिट आवेदन दिनुहोस्
व्यवसायको प्रकृति अनुसार आवश्यकता पर्ने अन्य लाइसेन्सहरूको निवेदन दिने र लाइसेन्स प्राप्तितिर लाग्नुहोस्। यसको साथ साथै तपाईँले व्यवसाय टेक ओभर गरि शुरु गर्न तिर लागे भयो। व्यवसाय खरिदका प्रक्रिया, लिज सम्झौता र कार्यान्वयन तिर लाग्नुहोस्।
९. साहु-एम्प्लोवायरको जिम्मेवारी र कानुनी हैसियत राम्ररी बुझ्नु होला
आफै साहु बनेपछि कम्पनी मालिक साहुका आफ्नै कानुनी सीमितता, अधिकार, कर्मचारी छनौट र उनीहरुको अधिकार र सुविधा र कम्प्ल्यान्सहरु र कानुनी अवस्थाहरू बुझ्नुहोला नत्र भोलि व्यवसाय चलाउँदै जाँदा कानुनी व्यवधानले तपाइलाई अप्ठेरो बनाइदिन सक्दछ। समयमा नै होसियार हुन जरुरी छ।
१०. स्थानीय सहयोग लिनुहोस्
व्यवसाय गर्दा स्थानीय सहयोग, स्थानीय ग्राहक र स्थानीय मानिस, ग्रुपहरूको सहयोग, सद्भाव र अभिरुचि बिना तपाइ व्यवसायमा सफल बन्न सक्नुहुन्न।
११. व्यवस्थापन
कुनै पनि व्यवसायको सफलताका लागि आर्थिक व्यवस्थापन, कानुनी प्रक्रिया, कर तथा लेखा प्रणाली, कर्मचारी नियुक्ति तथा संचालन, स्थानीय भुमिका र दैनिक समय व्यवस्थापन गर्न सक्नु भएन भने तपाइको व्यवसायले तपाईँलाई दूध दिँदैन त्यसैले तपाईँ आफैंले गर्ने हो व्यवस्थित व्यवस्थापन,अरु बाँकी त सहयोगी मात्र हुन। लमीले विवाहका लागि बेहुली खोजिदिने, विवाह गरिसके पछि बेहुली सम्हाल्न नसक्ने अनि लमीलाई दोष दिने प्रवृत्ति बोकेर व्यवसाय नगर्नु बेस हुन्छ। विवाह पछिको भुमिका तपाईँकै आफ्नो हो, लमीको नभए जस्तै व्यवसायमा पनि व्यवस्थित ढङ्गले तपाईँ आफैंले चलाउने हो बाटो समाते पछि। यी मुल मन्त्र अर्थात् केही हदमा अन्य मुलुकमा बस्ने प्रवासी नेपालीहरूका लागि पनि सहयोगी हुने मैले ठानेको छु।
साथ साथमा नेपालमा पनि यस आइडियाले तपाईँलाई पक्कै पनि सहयोग पुर्याउन सक्नेछ। साना व्यवसायबाट प्राप्त हुने सफलता समाज, मुलुक र समुदाय पनि प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा लाभान्वित हुन सक्नेछ। आफ्नो साहु आफैं बनि आर्थिक समुन्नति प्राप्ति गर्न सकिनेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार
महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहायता वितरण
बैशाख २७, २०८१ बिहिबार
प्रहरी अतिरिक्त महानिरीक्षकमा जोशी र ढकाललाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय
बैशाख २७, २०८१ बिहिबार
कोशीका मुख्यमन्त्री कार्कीले लिए शपथ, दुई जना विना विभागीय मन्त्री नियुक्त
बैशाख २७, २०८१ बिहिबार