स्वीकृति नपाएका पाठ्यपुस्तक प्रयोगमा ल्याएको पाइए कारबाही गरिने
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १३:३:४१
६ वैशाख, गोरखा । गोरखा नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृत नै नगरेका पाठ्यक्रम पुस्तक प्रयोगमा ल्याएको पाइए कानुनबमोजिम कारबाही गर्ने भएको छ ।
नगर क्षेत्रभित्रका केही निजी विद्यालयले पाठ्यक्रम विकास केन्द्रले स्वीकृति नै प्रदान नगरेका पाठ्यसामग्री, पाठ्यपुस्तक वा शिक्षण सिकाइ सामग्री प्रयोगमा ल्याएको भन्ने गुनासो आएपछि नगरपालिकाले विद्यालयको अनुगमनको तयारीसमेत थालेको नगरपालिकाको शिक्षा शाखाका प्रमुख चन्द्रबहादुर खड्काले जानकारी दिए ।
“नगरपालिकाले सबै विद्यालयलाई अनिवार्य रूपमा स्वीकृत पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग गर्न निर्देशन दिइसकेको छ”, उनले भने, “केही निजी विद्यालयले शिक्षा नियमावलीविपरीत पाठ्यपुस्तक प्रयोग गरेको गुनासो आएकाले अनुगमन गर्ने तयारीसमेत भइरहेको छ ।”
उहाँले कुनै पनि विद्यालयले स्वीकृत पाठ्यपुस्तकभन्दा बाहिरका पाठ्यपुस्तक पढाउनु शिक्षा नियमावलीविपरीत हुने बताए। “हामीले स्वीकृत पाठ्यपुस्तक मात्रै लागू गर्ने भनेर निर्णय पनि गरिसकेका छौँ”, उनले भने, “केही विद्यालयले आफुखुसी पाठ्यपुस्तक प्रयोगमा ल्याएको भन्ने गुनासो हामीलाई पनि आएको छ, हामी अनुगमन गरी आवश्यक कारबाही गर्छौँ ।”
गुनासो आएका विद्यालयका सञ्चालकलाई टोलिफोनसमेत गरेर नगरपालिकाले सचेत गराइसकेको पनि उनको भनाइ छ । “गुनासो आएका विद्यालयका सञ्चालकलाई हामीले तपाईँहरूले स्वीकृत गरेका भन्दा बाहिरको पाठ्यपुस्तक लगाएका छन्, भन्ने गुनासो आएको छ, के भएको तुरुन्त सच्याउनु होस् भनेका पनि छौँ”, प्रमुख खड्काले भने।
प्रमुख खड्काले विद्यायलयको अनुगमनका लागि समितिसमेत गठन गरिसकेको जानकारी दिए । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रले स्वीकृति प्रदान गरिएका पाठ्यपुस्तक, पाठ्य सामग्री तथा सिकाइ सामग्रीमात्र प्रयोग गर्न–गराउन सबै स्थानीय तहलाई आग्रह गरिसकेको छ ।
शिक्षा नियमावली, २०५९ को परिच्छेद ७ को नियम ३५ वमोजिम विद्यालयहरूले प्रयोग गर्ने पाठ्यपुस्तक, थप पाठ्य सामग्री तथा शिक्षण सिकाइ सामग्री केन्द्रले अनिवार्य स्वीकृत गरेको हुनुपर्ने व्यवस्था छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मीले वीरगञ्जका विद्यालय बन्द
जेठ १४, २०८१ सोमबार
हुम्लामा दुई विद्यार्थीलाई पढाउन तीन शिक्षक
जेठ १०, २०८१ बिहिबार
बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण
जेठ ४, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार