गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार १३:१७:३६
१३ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेको आलोचना गरेको अभियोगमा पक्राउ गरिएका एक युवकलाई नेपाल प्रहरीले चरम यातना दिएको भन्ने समाचारप्रति नेपाल प्रहरीको साइबर ब्यूरोले ध्यानाकर्षण भएको जनाएको छ । ब्यूरोले एक विज्ञप्ति निकाल्दै काठमाडौँको कीर्तिपुर बस्ने जाजरकोटका गणेशमान सिंहले पोष्ट गरेको भिडियोमा सत्यता नभएको प्रष्टीकरण दिएको हाे ।
ब्यूरोले सिंहले गरेको अश्लील पोष्टबारे अनुसन्धान भइरहेको जनाएको छ । ब्यूरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसबारे आएका समाचार र भिडियोमा सत्यता नभएको दावी गरेको छ । हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्यूरोले आफूलाई यातना दिएको भन्दै ती युवाले आफूले विष सेवन गर्न बाध्य भएको उल्लेख गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
ब्यूरोले फेसबुकमा अश्लील सामग्री प्रकाशन गरेको विषयमा ब्यूरोले अनुसन्धान गर्न बोलाएको स्पष्ट गर्दै सोही क्रममा उनले २ स्ट्रिप सिटामोल खाएको जानकारी प्राप्त हुना साथ उनलाई वीर अस्पताल लागिएको जानकारी दिएको छ । साथै साइबर ब्यूरोले अनुसन्धानमा बाधा पुर्याउन उनले फेसबुकमा गलत भिडियो बनाएर पोष्ट गरेको र सो भिडियोमा उल्लेख गरिएका विषयमा कुनै सत्यता नभएको दावी गरेको छ ।
जाजरकोटका सिंहको अहिले कीर्तिपुर अस्पतालकाे आईसीयूमा राखेर उपचार हुँदैछ । गृहमन्त्रीको फेसबुक पेजमा ‘सहकारी ठग’ भनेर कमेन्ट गरेपछि आफूलाई ब्यूरोका अनुसन्धान अधिकृतहरूले जेल हाल्ने धम्की दिएको सिंहले जिकिर गरेका छन् । फेसबुकमा सञ्चार भएको भिडियोमा उनले भनेका छन,‘धम्की दिएपछि मैले औषधि सेवन गरेँ ।’ सिंहले प्यारा सिटामोल खाएको मेडिकल रिपोर्टबाट देखिएको छ ।
ब्यूरोका अनुसार सिंहले इलामको एउटा होटलमा ‘वेश्यावृत्ति हुन्छ’ भन्ने सन्देश सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसबारे प्रहरी महानिरीक्षकको सचिवालयमा उजुरी आयो । उजुरी आएपछि प्रहरी प्रधान कार्यालयले त्यसबारे अनुसन्धान गर्न उनलाई बोलाइएको थियो । सिंहले ६–७ वर्ष जेल हाल्छौँ भनेर साइबर ब्यूरोका प्रहरीले भनेको जिकिर गरेका छन् । तर, अनुसन्धान अधिकृतहरूले सो कुरा भन्दै नभएको दावी गरेका छन् ।
ब्यूरोले बोलाएपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका एक जना विद्यार्थी नेतालाई उनले फोन गरेर भनेका थिए । ती विद्यार्थी नेतासँग उनले ‘विष खान्छु’ भनेपछि विद्यार्थी नेताले त्यसबारे प्रहरीलाई भनेका हुन् । साइबर ब्यूरोले विज्ञप्ति प्रकाशन गरेर सामाजिक सञ्जालमा प्रसारित भिडियो भ्रमपूर्ण भएको दाबी गरेको छ । ब्यूरोको विज्ञप्तिमा भनिएको छ,‘भ्रमपूर्ण भिडियो सन्देशमा कुनै सत्यता नरहेको ब्यहोरा सबैमा अनुरोध गर्दै यस्ता भ्रमपूर्ण सामग्री प्रचार प्रसार गरेको पाइएमा कानुन बमोजिम कारबाही हुने ब्यहोरा समेत अनुरोध गरिएको छ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम प्रहरी चलाउने पक्षमा छैन, आईजी फेरिन्नः प्रधानमन्त्री
असार ३, २०८१ सोमबार
५१ प्रहरी कर्मचारीहरुलाई ट्राफिक प्रशासन तालिम प्रदान
असार २, २०८१ आइतबार
प्रहरी कर्मचारीका लागि आध्यात्मिक चिन्तन महत्वपूर्ण छ: प्रहरी महानिरीक्षक कुँवर
असार १, २०८१ शनिबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालको हारले फ्यानका आँखामा आँसु, टुट्यो सुपर–८ को सपना !
नेपालबहस संवाददाता
असार १, २०८१ शनिबार
सन्दीपको सय विकेट, शतक पूरा गर्ने दोस्रो बलरको कीर्तिमान
असार ३, २०८१ सोमबार
नक्कली लाइसेन्स प्रकरणमा यातायात कार्यालयका तत्कालीन प्रमुखसहित ५ जना पक्राउ
असार २, २०८१ आइतबार
जारी टी-२० विश्वकपको सुपर आठको समीकरण पुरा
असार ३, २०८१ सोमबार
कर प्रणालीमा सुधार भए यसै वर्ष थपिन्छ ३ खर्ब राजस्व
असार ३, २०८१ सोमबार
जातिवादको कारक मुगल र पश्चिमा संस्कृति
असार ३, २०८१ सोमबार
हुण्डीे र अनलाइन जुवामा अर्बमाथिको कारोबार, सीआईबीले समात्यो ७ जना
असार ३, २०८१ सोमबार
दार्जिलिङ रेल दुर्घटना : मृत्यु हुनेको संख्या १५ पुग्यो
असार ३, २०८१ सोमबार
बहिरीगामको जङ्गलमा देखिएको फुस्रो चैते चरा
असार ३, २०८१ सोमबार
मौरी घारबाट मह निकाल्दै किसान
असार ३, २०८१ सोमबार