जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार १४:४८:३६
१४ वैशाख, टोक्यो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी साता फ्रान्स, ब्राजिल र पाराग्वेको भ्रमण गर्ने भएको छ । जापानले ल्याटिन अमेरिकासँगको सम्बन्धलाई प्रगाढ बनाउन खोजेको छ ।
छ दिवसीय भ्रमण कार्यक्रममा प्रधानमन्त्री किशिदाले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनका साथै ब्राजिलका नेता लुइज इनासियो लुला दा सिल्भासँग पनि भेट गर्नुहुने जापानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
“यस वर्ष ब्राजिलले जी २० को र पेरुले एसिया–प्रशान्त आर्थिक सहयोग (एपिइसी) को अध्यक्षता गरिरहेका छन्, यो ल्याटिन अमेरिकाको वर्ष हो र यसमा विश्वको ध्यान केन्द्रित भएको छ”, सरकारका प्रवक्ता योशिमासा हयाशीले नियमित पत्रकार सम्मेलनमा भने, “जापानले ल्याटिन अमेरिकी मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने यो अवसरलाई सदुपयोग गर्न चाहन्छ ।”
जापानी समाचार एजेन्सी क्योदो न्युजका अनुसार लुलासँगको आफ्नो बैठकमा प्रधानमन्त्री किशिदाले जलवायु परिवर्तनदेखि लिएर डिकार्बोनाइजेसन र अन्य वातावरणीय मुद्दामा द्विपक्षीय सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ ।
निक्की दैनिकका अनुसार हरित प्रविधिहरूमा द्विपक्षीय सहयोगलाई बढाउन ब्राजिलमा थप जापानी लगानी हेर्ने गरी किशिदाले कम्तीमा ४० कम्पनीको प्रतिनिधित्व गर्ने प्रतिनिधिमण्डल लैजानेछ ।
जापानी अटो कम्पनी टोयोटाले गत महिना उसले ब्राजिलमा हाइब्रिड सवारी साधनको उत्पादन बढाउनका लागि ११ अर्ब रिसिस (दुई अर्ब २० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाइरहेको बताएको थियो ।
ब्राजिलको भ्रमणअघि किशिदाले ‘विभिन्न आर्थिक तथा सामाजिक मुद्दाको समाधानबारेमा छलफलको नेतृत्व गर्न’ फ्रान्समा ओइसिडी बैठकमा सहभागिता जनाउने उनको कार्यालयले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप
बैशाख २७, २०८१ बिहिबार
युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ
बैशाख २६, २०८१ बुधबार
भारी वर्षाले उत्तरी हाइटीमा पहिरो जाँदा १३ जनाको मृत्यु
बैशाख २६, २०८१ बुधबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
एकसाता अघि कलंकीबाट हराएकी स्नेह पशुपतिमा भेटिइन्
बैशाख २६, २०८१ बुधबार
३ अर्बको ऋणपत्र निष्कासन गर्दै नबिल बैंक, बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ
बैशाख २६, २०८१ बुधबार
बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
आगलागीमा जलेको नगद
बैशाख २७, २०८१ बिहिबार
कोशीमा हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने दाबी पेश हुँदै
बैशाख २७, २०८१ बिहिबार
खेल पर्यटन प्रवर्धन गर्न अन्तर्राष्ट्रिय ‘रक क्लाइमिङ’ प्रतियोगिता
बैशाख २७, २०८१ बिहिबार
अमेरिकाले रोक्यो इजरायलमा पठाउने शक्तिशाली बमको खेप
बैशाख २७, २०८१ बिहिबार