भारतका प्रधान न्यायाधीश डा. चन्द्राच्युड नेपालमा
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार २०:५६:४५
२१ वैशाख, काठमाडौं। भारतका प्रधानन्यायाधीश डा. धनन्जय यशवन्त चन्द्रचुड नेपाल भ्रमणमा आएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा उनी शुक्रबार नेपाल आएका हुन्।
उनी आइतबारसम्म नेपालमा रहने कार्यतालिका छ। भ्रमण टोलीमा चुन्द्रचुडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि छन्।
शुक्रबार दिउँसो काठमाडौं आइपुगेका चन्द्रचुडको टोलीलाई स्वागत गर्नका लागि सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराई, मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
चन्द्रचुड शनिबार काठमाडौंमा आयोजना हुने न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा सहभागी हुने कार्यक्रम छ। केन्द्रीय बाल न्याय समन्वय समितिले आयोजना गर्ने सो कार्यक्रममा मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्।
नेपाल बसाइँका क्रममा उनले प्रधानन्यायाधीश श्रेष्ठसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै, प्रधानन्यायाधीश श्रेष्ठले आयोजना गर्ने रात्रिभोजमा समेत सामेल हुने छन्। उनी आइतबार साँझ स्वदेश फर्किने कार्यतालिका छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार
सिरोहियालाई आज तेस्रो पटक म्याद थप गर्न अदालत लगिँदै
जेठ १४, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १४, २०८१ सोमबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार
अल्पमतमा रहेका मुख्यमन्त्री यादवले जेठ २३ गते विश्वासको मत लिने
जेठ १४, २०८१ सोमबार
राप्रपाले गर्यो मध्यावधि निर्वाचनको आशंका
जेठ १४, २०८१ सोमबार
पर्यटन विभागले भन्यो, गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं
जेठ १४, २०८१ सोमबार