फ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती [ फोटोफिचर ]
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार १३:५२:३४
♦ मनिष अर्याल
२४ वैशाख, ललितपुर । इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन्। उनि सधैं त्यहीँ बाटो भएर आफ्नो दैनिक कार्यालय जाने आउने गर्छन्। काममा जाँदा आउँदा सधैँ उनलाई एउटा पीरले सताउँछ।
ग्वार्को चोकमा निर्माणाधीन फ्लाइ ओभरको अव्यवस्थित निर्माण सामग्री र सवारी जामले उनलाई सधैँ पीरोल्ने गरेको उनि बताउँछन्। दैनिकी ग्वार्को चोकबाट सातदोबाटो तर्फ करिब सय मिटर सडकमा जोगिएर हिँड्नु पर्ने हुन्छ । फ्लाइ ओभर निर्माण भइरहेको स्थलको भित्रबाट निस्किएको फलामको रडहरुले गर्दा निकै जोखिम मोलेर हिँड्नु पर्ने बाध्यता रहेको उनि बताउँछन्।
जाम खुल्दा सार्वजनिक सवारीहरू पेलिएर आउँदा निकै डराउँदै हिँड्नु पर्ने उनि बताउँछन् । उनि जस्तै साना सवारी होस या ठुलो सवारी त्यसरी नै जोगिदै हिँड्नु पर्ने बाध्यता छ । रड मात्र नभइ फ्लाइ ओभर निर्माण स्थल ढाकिएका जस्ताबाट निस्किएका निर्माण सामग्रीले गर्दा जोगिएर हिँड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरुको गुनासो रहेको छ । निर्माण स्थलमा फलाम र जस्ताले ढाकिएको छ ।
निर्माण स्थल ढाकिएका ठूला डिभाइडर भित्रबाट रड निस्किएको छ । निर्माण कम्पनीले पहिलो प्राथमिकता सडकमा ओहोरदोहोर गर्ने सवारीसाधनलाई सम्भावित दुर्घटनाबाट जोगाउनु नै हो। तर, ग्वार्कोबाट सातदोबाटो जाने तर्फको करिब सय मिटर क्षेत्रमा डिभाइडरबाट ठुला–ठुला रड निस्किएका छन । सडकमै निस्किएको उक्त रडले ठुलै दुर्घटना निम्त्याउन सक्ने र जोगिएर हिँड्नु पर्ने बाध्यता रहेको सवारी चालकहरूको गुनासो छ । कतै भने ढाकिएका पुराना जस्ता फुत्किएका र भित्रका निर्माण सामग्री बाहिर सडकमा निस्किएका दृश्य समेत देख्न पाइन्छ ।
निर्माण क्रममा सडकबाट निकालिएका फलामेबारहरु पनि बेवारस अवस्थामा फालिएको छ । काठमाडौं चक्रपथमा सवारी आवागमनको चापलाई व्यवस्थापन गर्न सरकारले ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माण कार्य गरिरहेको छ । फ्लाइ ओभर निर्माणका लागि नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग गुणस्तर अनुसन्धान र विकास केन्द्र विभागले जिम्मा लिएको छ र ठेक्का सम्झौता अनुसार आशिष समानान्तर रेलिगेर जेभी निर्माण कम्पनीले काम गरिरहेको छ । निर्माण कार्य भई राख्दा अहिले ग्वार्को क्षेत्रमा सवारी जाम उच्च छ र वैकल्पिक बाटो सानो र जामले निर्माण स्थल हुँदै हिँड्नु पर्ने बाध्यता छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिमानी पर्वतारोही पूर्णिमालाई काठमाडौंमा भव्य स्वागत [ फाेटाेफिचर ]
जेठ १४, २०८१ सोमबार
राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको कार्यालय घेराउ [ फाेटाेफिचर ]
जेठ १३, २०८१ आइतबार
डाँडामा लुकेको होमस्टे : चुलीबोझा मगर होमस्टे
जेठ १२, २०८१ शनिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार