जनता बैंककाे खुद नाफासहित प्रतिसेयर आम्दानीमा वृद्धि !
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख ३०, २०७६ सोमबार १७:३३:८
![](https://nepalbahas.prixacdn.net/media/albums/janata-bank-1-e1569162817317_CuFjJQEepy.jpg)
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा जनता बैंक नेपालले आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
यस अवधिमा बैंकको खुद नाफासहित प्रतिसेयर आम्दानी तथा अन्य सूचकमा उत्साहजनक वृद्धि भएको छ । चैत मसान्तसम्म आइपुग्दा बैंक अर्बपतिको सूचीमा उक्लिन सफल भएको छ ।
जनताले यस अवधिमा १ अर्ब २ करोड ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यही अवधिको तुलनामा नाफा ६०.५६५ ले बढी हो । गत वर्ष यस अवधिमा ६३ करोड ७५ लाख ९१ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरण योग्य नाफा ६१ करोड ७३ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
जनताको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आर्कषक वृद्धि भएकाले खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४६.६३५ ले बढेर २ अर्ब ४५ करोड ९ लाख ४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष १ अर्ब ६७ करोड १६ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
यता, बैंकले सञ्चालन नाफा ५६.२८५ ले बढेर १ अर्ब ४७ करोड २८ लाख २९ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकले ९४ करोड २३ लाख ९७ हजार रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
चैत मसान्तसम्म जनता बैंकको चुक्ता पुँजी ८ अर्ब ७ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १ अर्ब ७५ करोड २७ लाख रुपैयाँ राखेको छ । रिजर्भमा गत वर्ष १ अर्ब ३४ करोड ८७ लाख ३३ हजार रुपैयाँ रहेको थियो । त्यस्तै, रिटेन्ड् अर्निङमा ६२ करोड ३३ लाख ७१ हजार रुपैयाँ राखेको छ ।
यस अवधिमा बैंकले सेवाग्राहीबाट ७० अर्ब ४४ करोड ९७ लाख ९३ हजार रुपैयाँ निक्षेप संकलन गरेर ६४ अर्ब ७० करोड १० लाख ८७ हजार रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकले गत वर्ष १.९५५ रहेको खराब कर्जा घटाएर अहिले १.२१५ मा सीमित गरेको छ । यस अवधिमा बैंकको आधारदर ११.६६५ रहेको छ ।
यता, जनताको प्रतिसेयर आम्दानीमा पनि आकर्षक सुधार भएको छ । प्रतिसेयर आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ६ रुपैयाँ ४३ पैसाले बढेर १७ रुपैयाँ ६ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी १० रुपैयाँ ६३ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ७ पैसा रहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
सन्दीपले लियो नेपालका लागि बंगलादेशको सातौँ विकेट
असार ३, २०८१ सोमबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार