गुठी विधेयक : संस्कृतिप्रेमी भन्छन्, ‘नयाँ कार्यक्रमहरुसहित हाम्रो आन्दोलन जारी’
इन्द्र रिजाल
असार ५, २०७६ बिहिबार १३:४३:१४
काठमाडौं । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध आन्दोलनमा उत्रिएका संस्कृतिप्रेमीहरुले खबरदारी जारी राख्ने बताएका छन् ।
राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको बुधबार बसेको बैठकले नयाँ कार्यक्रमहरु सहित आन्दोलन जारी राख्ने निर्णय गरेको हो ।
समितिका संयोजक गणपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तीमा अभिव्यक्ति स्वतन्त्रता खबरदारीका साथै शान्तिपूर्ण आन्दोलनले लोकतन्त्रलाई मजबुत बनाउन सहयोग पुग्ने भएकोले भोलिका दिनमा हुने आन्दोलनहरु शान्तिपूर्ण हुने उल्लेख छ ।
२६ जेठको दिन काठमाडौंमा गुठियारहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन गरिनु संविधानको मर्म विपरित रहेको भन्दै समितिले गृहमन्त्री रामबहादुर थापाको जोडदार रुपमा राजीनामा माग गरेका छन्।
त्यस्तै, बैठकले सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोेकुल बाँस्कोटाले पनि गुठीलाई सामन्ती भनेर धर्म संस्कृतिमाथि असंवैधानिक अभिव्यक्ति दिएर मान मर्दन गरेको भन्दै उनले पनि राजीनामा दिनुपर्ने उनको माग छ ।
साँझ बसेको बैठकले तयारी विना नै भूमाफियाहरुलाई सहयोग पुग्नेगरी गुठी विधेयक ल्याउने पद्माकुमारी अर्यालको पनि उनीहरुले जोडदार रुपमा राजीनामा माग गरेका छ ।
समितिले बुधबार माईतीघर मण्डलामा सहभागी भएर धर्मसंस्कृतिको रक्षार्थ आफ्नो अमुल्य समय दिएकोमा सबै उपस्थित सम्पदाप्रेमीहरुलाई धन्यवाद दिएको छ । गुठी परम्पराको माध्यमबाट सरकारले परम्परादेखि चलिआएको धर्म संस्कृतिमाथि प्रहार गरेको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरुले सरकारको नेतृत्व गरिरहेको र आन्दोलनमा उत्रिएकाहरुलाई भाडाका आन्दोलनकारी भनेका प्रधानमन्त्री विरुद्ध आक्रोश पोखेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
विनोद त्रिपाठी
असार २, २०८१ आइतबार
नेपालले टी- २० विश्वकप अन्तर्गत भोलि बिहान दक्षिण अफ्रिकासँग खेल्दै
नेपालबहस संवाददाता
जेठ ३२, २०८१ शुक्रबार
त्रिपाठीको कुलपूजामा प्राज्ञ डा. जगमान गुरुङ प्रमुख अतिथि
असार २, २०८१ आइतबार
आज यी चार प्रदेशमा चट्याङसहित वर्षा हुने
असार २, २०८१ आइतबार
बंगलादेशले छैटौँ विकेट गुमायो, रोहितले लिए साकिबको विकेट
असार ३, २०८१ सोमबार
बंगालदेशविरुद्ध नेपालको शानदार बलिङ, पावर प्लेमा ४ विकेट लियो
असार ३, २०८१ सोमबार
राष्ट्रपति पौडेलले गरे जलवायुसम्बन्धी अनुसन्धान केन्द्रहरूको अवलोकन
असार २, २०८१ आइतबार
राष्ट्रिय महाधिवेशनले संघीयता विरोधीलाई जवाफ दिएको छः अध्यक्ष यादव
असार २, २०८१ आइतबार
मापदण्ड पुगेका क्रसर उद्योग नवीकरण र सञ्चालनको वातावरण बनाउन सरकारसँग माग
असार २, २०८१ आइतबार
ललितपुर महानगरको पुँजीगत खर्च ६१ प्रतिशत
असार २, २०८१ आइतबार