शहीद सप्ताह : माथेमाको सम्झनामा स्मृतिसभा
नेपालबहस संवाददाता
माघ १३, २०७९ शुक्रबार २०:२२:२९
१३ माघ, काठमाडौं । शहीद धर्मभक्त माथेमालाई प्राणदण्ड दिएको स्थान सिफल उकालोमा आज स्मृतिसभाको आयोजना गरी स्मरण गरिएको छ । काठमाडौं महानगरपालिका मूल समारोह समितिले आज यहाँ आयोजना गरेको कार्यक्रमअन्तर्गत प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा स्मृतिसभा गरिएको हो ।
शहीद माथेमाको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै कामपाका उपप्रमुख सुनिता डङ्गोलले, प्रजातन्त्र प्राप्ति र सामाजिक रुपान्तरणमा पु¥याउनु भएको योगदानको चर्चा गरे । स्मृतिसभामा कामपा–७ का अध्यक्ष बिमलकुमार होडाले शहीदहरूले शासन व्यक्तिको होइन, विधिको हुनुपर्छ भनेर दिएको सन्देश ग्रहण गर्नुपर्ने धारणा राखे । शहीदहरूले नागरिकको स्वतन्त्रताबाहेक अरू केही पनि अपेक्षा नगरेको त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले बताए ।
विसं १९६६ आश्विन ९ गते काठमाडौंको ओमबहाल, जन्मिएका माथेमालाई तत्कालीन शासकको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा ३१ वर्षको युवा अवस्थामा विसं १९९७ माघ १३ गते, काठमाडौंको सिफल उकालोमा रहेको बकाइनोको रूखमा झुन्ड्याएर प्राणदण्ड दिइएको थियो ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्धशमशेरले विसं १९९७ माघ ६ गते शहीदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको चार दिनपछि शुक्रराज शास्त्रीलाई टेकु पचलीमा झुन्ड्याएर, सात दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालो रूखमा झुन्ड्याएर र नौ दिनपछि दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभाभगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो । पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनतासम्म पु¥याउने क्रममा अमरत्व प्राप्त गर्ने शहीदको सम्झनामा कामपाले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह कार्यक्रम गर्दै आएको छ ।
सप्ताहव्यपी कार्यक्रमअन्तर्गत यही माघ १५ गते शोभा भगवतीमा गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थानमा स्मृतिसभा आयोजना हुनेछ । शहीद सप्ताहको अन्तिम दिन यही माघ १६ गते शान्तिवाटिकाबाट सुरु हुने प्रभातफेरी लैनचौरस्थित शहीद पार्कमा पुगी ज्ञातअज्ञात सहितको सम्झनामा स्मृतिसभा गरिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार
‘रेमल’ चक्रवातले नेपालको मौसम पनि बदली हुने
जेठ १४, २०८१ सोमबार