लघुवित्त र मिटरब्याजीलाई कपिलवस्तुमा ‘प्रतिबन्ध’
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार २३:१५:१५
७ फागुन, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कपिलवस्तु जिल्लामा लघुवित्त र मिटरब्याजीलाई संचालन गर्न ‘प्रतिबन्ध’ लगाउने निर्णय गरेको छ ।
कपिलवस्तुमा लघुवित्त संस्थाहरु र मिटरब्याजीले किसान र सर्वसाधारणमा चर्को ब्याज असुलेर आतंक मच्चाएको जनाउँदै नेकपाको कपिलवस्तु जिल्ला कमिटीले संचालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको आइतबार एक प्रेस विज्ञप्ति निकालेर जनाएको छ ।
कमिटीका इन्चार्ज हेमन्त र सचिव पावेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा मिटर ब्याजमा ऋण दिने ‘दलाल–नाफाखोर’ लघुवित्त वित्तीय संस्थाहरुले जिल्लाको पश्चिमी क्षेत्रमा व्यापक आतंक मच्चाएको आरोप लगाइएको छ ।
सहुलियतपूर्ण ऋणको नाममा लघुवित्त र मिटरब्याजीले गरिब किसामाथि आर्थिक शोषण गरेर उनीलाई आत्महत्या गर्ने तहसम्म पुुर्याएर बाँच्न पाउने मावअधिकारको समेत गम्भीर उल्लंघन गरेपछि ‘प्रतिबन्ध’ लगाएको अवस्था आएको नेकपाको दाबी छ ।
ऋणको सावाँ ब्याज असुलउपर गर्ने क्रममा ऋणी महिला दिदीबहिनीहरुको अपहरण प्रयास गर्ने, धम्की दिने, अनैतिक व्यवहार गर्ने र दृष्टिबन्धक राखिएका सम्पत्ति हडप्ने गरिएको आरोप उनीहरुको छ । ‘प्रतिबन्ध’ पार्टीकाे केन्द्रीय याेजनाअनुरूप लगाएकाे जनाइएकाे छ ।
लघुवित्तलाई ऋणको ब्याज एक अंका झार्न अपिल गरिएको छ । नझारे जस्तोसुकै संघर्ष चलाउने चेतावनी दिइएको छ ।
कपिलवस्तु पार्टीका महासचिव विप्लवको गृह जिल्ला समेत हो । उनले आफ्नै गृहनगर शिवराजगढीमा पार्टीको केन्द्रीय कार्यालय समेत बनाएका छन् । पार्टीको योजना बन्ने हरेकजसो भौँतिक संरचनाको सुरुवात त्यहीबाट गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
पाक्वेटालाई स्पट फिक्सिङको आरोप, १० बर्षको प्रतिबन्ध लाग्न सक्ने
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
चालू आवमा नेपालीको प्रतिव्यक्ति आय बढ्ने, कति बढ्यो त ?
जेठ १३, २०८१ आइतबार
नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा, हिमाली क्षेत्रमा बढी असर
जेठ १३, २०८१ आइतबार
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
जेठ १३, २०८१ आइतबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
निःशुल्क स्वास्थ्य शिविरमा नौ सय जनाको उपचार
जेठ १३, २०८१ आइतबार
सरकार पेलेरै जान खोज्यो भने कांग्रेस सहेर बस्न सक्दैन : नेता सिटौला
जेठ १३, २०८१ आइतबार