राजश्व छलीमा शारडा समूहका दुई कम्पनीमाथि राजश्व अनुसन्धान इटहरीले सुरु गर्यो कारवाही
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार ६:०:२४
३ वैशाख, विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोरमा उद्योग सञ्चालन गर्दै आएका उद्योगले २०६७ सालदेखि नै ट्रेडिङबाट व्यवसायीक कारोबार गरेर राजश्व छली गर्ने गरेका घटनाहरु सार्वजनिक भएपछि उद्योगी शारडा समूह संकटमा परेको छ । विराटनगरको घरानियाँ व्यवसायी मानिएको शारडा समूहबाट ट्रेडिङ कारोबारमा सक्रिय बन्दै आएका उद्योगी एवं ट्रेडिङका कारोबारी अनिल शारडा पछिल्लो समय सरकारी निकायको निगरानीमा भएको रहस्य खुलेको छ ।
समाचार स्रोतका अनुसार राजश्व छलीमा उनले गर्दै आएको ट्रेडिङ कारोबारको छानबिन पनि सुरु भएको छ । २०६७ सालमा नै आन्तरिक राजश्व कार्यालय विराटनगरमा जे.एम.डी.एक्सीम नामको ट्रेडिङ फर्म ३०४३९५१८९ को भ्याट नम्बरमा अनिल शारडाको नामबाट दर्ता कायम भई कारोबार गरेको देखिन आएपछि छानविन सुरु भएको हो । भारत तथा तेस्रो मुलुकबाट गाडीमा प्रयोग हुने विभिन्न ब्राण्डका टीयुव र टायर आयात गरी न्यून राजश्व बुझाएपछि उक्त शारडाको ट्रेडिङ फर्मको कारोबारका सम्बन्धमा राजश्व अनुसन्धान सुनसरीले आफ्नो अनुसन्धान सुरु गरेको बताइएको छ ।
एउटा ट्रेडिङ फर्मको कारोबार अनुसन्धान हुँदै गर्दा शारडा समूहकै अनिल सारडाले अर्को एशिएन इम्पेक्स नामको ट्रेडिङ फर्म पनि दर्ता गरी मोटरपार्टसदेखि बल ब्यारिङ्गसमेत आयात गर्दै आएको पाइएको छ । उक्त ट्रेडिङ फर्म पनि आन्तरिक राजश्व कार्यालय विराटनगरमा नै ६०३९२६३०७ भ्याट नम्बरमा २०७२ सालमा दर्ता भइ कारोबार गर्ने गरेका दावी राजश्व स्रोतले दिएको छ ।
यी दुवै शारडाका ट्रेडिङ फर्म मध्ये जे.एम.डी.एक्जीमले १ करोड ७३ लाखको मात्रै कारोबार देखाएर भ्याट तथा आयकर केही नबुझाएका कारण अनुसन्धानको दायरामा आएको हो भने शारडा कै एशिएन इम्पेक्स नामको ट्रेडिङ फर्मले पनि ४ करोड ६९ लाखको कारोबार देखाएर अत्यन्तै न्यून राजश्व बुझाएपछि शारडाका दुवै व्यवसायीक ट्रेडिङ फर्ममाथि एकसाथ अनुसन्धान सुरु भएको बताइएको छ ।
दुवै ट्रेडिङ फर्मको सञ्चालकमा अनिल शारडा रहेका भने एक व्यवसायी ट्रेडिङ फर्ममा सेकेण्डरीका रुपमा प्रविन शारडा रहेको जानकारी प्राप्त भएको छ । अनिल शारडाले सुनसरी मोरङ औद्योगिक करिडोरमा रहेको पायोनियर वायर्स उद्योग पनि संचालन गरिरहेका छन । त्यसै गरी मोरङ व्यापार संघकै भूतपूर्व अध्यक्षसमेत रहेका विराटनगरबाट ट्रेडिङ कारोबारको अग्रपंक्तिमा रहेका कमला ग्लोबलका सञ्चालक शंकरलाल अग्रवालको ट्रेडिङ व्यवसायी फर्म पनि कारवाहीमा परेको राजश्वको उच्च स्रोतले जानकारी दिएको छ ।
अग्रवालले सामान आयात गर्दा भन्सारमा १२ सय डलरको भन्सार मुल्यांकन घटाएर ८ सय डलर मुल्यांकन कायम गरी राजश्व छली गरेको पुष्टि भएसँगै करिब ८० लाख राजश्व रकम बक्यौता देखिएको बताइएको छ । स्रोतका अनुसार शंकरलाल अग्रवालको भ्याट दर्ता ३०००३८७७४ रहेको कमला ग्लोबल ट्रेडिङ फर्ममाथि करिब एक वर्ष अगाडिदेखि राजश्व विभागले गरेको अनुसन्धान पछि उक्त रकममाथि नै एसिससमेन्ट गरेको कुरा बाहिर आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखप्तड राष्ट्रिय निकुञ्जबाट संकलन हुने राजस्वमा कमी
जेठ ११, २०८१ शुक्रबार
रौतहट ट्राफिकद्वारा २२ दिनमा ३३ लाख बढी राजश्व संकलन
जेठ १०, २०८१ बिहिबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
संसदीय समिति गठन गर्दा गृहमन्त्रीको नाम राख्नैपर्ने कांग्रेसको अडान कायमै
जेठ १३, २०८१ आइतबार
बागमतीमा दैनिक २० भन्दा बढी सवारी दुर्घटना
जेठ १३, २०८१ आइतबार
सिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, कांग्रेस सभापति देउवासँग छलफल
जेठ १३, २०८१ आइतबार
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
जेठ १३, २०८१ आइतबार
भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, १२ बालबालिकासहित २७ जनाको मृत्यु
जेठ १३, २०८१ आइतबार