फिल्म होस्टेलको तेस्रो सिरिज घोषणा, कलाकारहरु छनोट हुन बाँकी
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार ११:२४:४७
५ वैशाख, काठमाडौं । सफल फिल्म होस्टेलको तेस्रो सिरिजको घोषणा गरिएको छ । बुधबार एक पोस्टर सार्वजनिक गर्दै ‘होस्टेल ३’को घोषणा गरिएको हो । यसलाई गायक समेत रहेका सशान कँडेलले निर्देशन गर्ने भएका छन् ।
‘होस्टेल’ श्रृंखलाका निर्माता सुनिल रावल तेस्रो श्रृंखलामा कलाकारको रुपमा मात्र रहने भएका छन् । उनले फिल्म निर्माणको अधिकार सम्मान इन्टरटेन्मेन्टलाई दिएका छन् । फिल्मको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शङ्कर कोइराला तथा सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा सह निर्मातामा छन् । फिल्मलाई यसै वर्ष छायांकन र रिलिजको तयारी गरिएको छ ।
होस्टेलमा बसेर अध्ययन गरिरहेका टिनेजर र उनीहरुको भविष्यका घटनामा आधारित भएर फिल्म बन्ने निर्देशक कँडेलले जानकारी गराएका छन् ।
माधव शर्माको पटकथा लेखन रहेको फिल्ममा निर्देशक कँडेल स्वयंको कथा छ । स्क्रिप्ट लेखनमा मात्र डेढ वर्ष लागेको माधवले बताएका छन् । यम प्रसाद ओलीको प्रोडक्सन डिजाइन रहने फिल्मका लागि कलाकारहरु भने निश्चित हुन बाँकी रहेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
जेठ १३, २०८१ आइतबार
फिल्म 'सानो संसार' को शुभमुहूर्त, दशैमा प्रदर्शन हुने
जेठ १२, २०८१ शनिबार
'पूजार सार्की' र 'फर्की फर्की' एक साथ रिलिज
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मत बदर
जेठ १४, २०८१ सोमबार
कैलाश सिरोहियालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
जेठ १४, २०८१ सोमबार
गणतन्त्रपछिको अर्थतन्त्र : सूचक सुध्रिए, सुल्झिएनन् समस्या
जेठ १४, २०८१ सोमबार