मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार १८:१८:२४
६ वैशाख, विराटनगर । उद्योग वाणिज्य महासंघपछि कै बलियो संगठन मानिने मोरङ उद्योग व्यापार संघको ६७ औं वार्षिक साधारणसभा आगामी जेठको पहिलो हप्ता भित्र हुने भएको छ । संघको ३४ औं कार्यसमिति गठनका लागि कार्यकारिणी समितिको निर्वाचन गर्ने समय सीमाको टुंगो लागेपछि विराटनगरको उद्योगी एवं व्यवसायीक क्षेत्रमा व्यापक चुनावी सरगर्मी छाएको छ ।
पछिल्लो समय विराटनगरमा मोरङ उद्योग व्यापार संघको नयाँ कार्यसमितिको निर्वाचनलाई लिएर उद्योगी व्यवसायीहरूका बीच व्यापक गुटबन्दी र लबिङ हुन थालेको छ । निर्वाचनको मिति निर्धारण भएसँगै मोरङ उद्योग व्यापार संघको आगामी नेतृत्वका लागि व्यवसायीहरूको दौडधुप तीव्र छ ।
संघको निर्वाचनलाई लिएर नेपाल उद्योग परिसंघ मोरङका अध्यक्ष पवनकुमार शारडाले ठाडो हस्तक्षेप गरेको भन्दै मोरङका उद्योगी एवं व्यवसायीहरूले असन्तुष्टि व्यक्त गर्न थालेका छन । मोरङ व्यापार संघको पूर्वअध्यक्ष समेत भईसकेका र हालमा नेपाल उद्योग परिसंघ मोरङको अध्यक्षमा बहाल रहेका शारडाले एक अमुक व्यक्तिलाई वरिष्ठ उपाध्यक्षमा ल्याउनै पर्दछ भनी गुटबन्दी र लबिङ सुरु गरेपछि आगामी निर्वाचन थप रोचक हुने भएको छ । शारडासँगै पूर्वअध्यक्षहरु सुरेश शर्मा, ताराचन्द खेतान र देवेन्द्रराज राजगढिया पनि गुटबन्दीमा लागेपछि सबैभन्दा पुरानो व्यवसायीक संस्था थप आलोचित बन्न पुगेको हाे ।
संघको आगामी नेतृत्वका लागि अध्यक्षमा उद्योगी अनुपम राठी सर्वसम्मत हुने अनुमान गरिएको छ । तर वरिष्ठ उपाध्यक्षका लागि अनिल साहको पक्षमा पवनकुमार शारडा, ताराचन्द खेतान, सुरेश शर्मा र देवेन्द्रराज राजगढियाले समेत व्यापक गुटबन्दी र लबिङ नै सुरु गरेपछि राठीको सर्वसम्मत अध्यक्ष हुने सम्भावना धरापमा परेको छ । साथै संघको चुनावमा यसरी पूर्वअध्यक्षहरुले जथाभावी हस्तक्षेप गरी साहको पक्षमा व्यापक गुटबन्दी गर्न थालेपछि व्यवसायी एवं औद्योगिक क्षेत्रमा व्यापक असन्तुष्टि बढेको छ ।
यही गुटबन्दीका कारण विराटनगर कै अर्को व्यवसायीक घरानाहरुको ठूलो समूह अलग्गै टीम बनाउने कसरतमा जुटेका छन् । नाम मात्रैको हार्डवेयर व्यापारीका रुपमा परिचित अनिल साहलाई वरिष्ठ उपाध्यक्ष कुनै पनि हालतमा बनाउन नहुने अर्को समूहको अडान छ । साह व्यवसायी भन्दा पनि दलीय नेताको पिछलग्गू भएको र सक्रिय राजनीतिमा संलग्न रहेका कारण त्यस्ता राजनीति व्यक्तिलाई विशुद्ध उद्योगी व्यवसायीको संस्थाभित्र नेतृत्वमा कुनै हालतमा ल्याउन नहुने दवाव बढ्दो छ ।
संघको साधारणसभाले आगामी जेठ महिनाको पहिलो हप्ताभित्र निर्वाचन गर्ने गरी समय तालिकालाई अनुमोदन गरेको छ । मोरङ उद्योग व्यापार संघमा सुरुमा १६ जना कार्यकारिणी सदस्यका लागि निर्वाचन हुन्छ । कार्यकारिणी सदस्यबाट बहुमतको आधारमा अध्यक्ष चयन हुने संघको विधानले व्यवस्था गरेको छ । नवनिर्वाचित सदस्य मध्येबाटै अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई जना उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयन गर्ने व्यवस्था संघको विधानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोरङ प्रहरीले पक्राउ गर्यो ठूलो परिणाममा लागूऔषध गाँजा
बैशाख २७, २०८१ बिहिबार
हात्तीको आक्रमणमा परी मारिएका परिवारलाई सात करोड राहत
बैशाख २७, २०८१ बिहिबार
कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीले पेश गरे दाबी
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
बैशाख २७, २०८१ बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
बैशाख २७, २०८१ बिहिबार
भोलिबाट सुरु हुने संसद अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउँदै कांग्रेस
बैशाख २७, २०८१ बिहिबार
चालकको लापरबाहीका कारण गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना
बैशाख २७, २०८१ बिहिबार
मारवाडी क्रिकेट लिगः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स विजयी
बैशाख २७, २०८१ बिहिबार
दार्चुलामा चट्याङ लागेर एक बालिका घाइते, तीन पशु मरे
बैशाख २७, २०८१ बिहिबार
मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९ जनाको मृत्यु
बैशाख २७, २०८१ बिहिबार
मधेशमा सरकारबाट बाहिरिने तयारीमा एमाले र माओवादी
बैशाख २७, २०८१ बिहिबार
हर्क साम्पाङले सोधे धरानका पुर्व मेयर र उपमेयरलाई ९ बुँदे स्पष्टीकरण (पूर्णपाठ)
बैशाख २७, २०८१ बिहिबार