हिमालयन रि इन्स्योरेन्समा चर्कियो विवाद, शेयरमा गडबडी गरेपछि साझेदारले मागे ब्याजसहितको पैसा फिर्ता
नेपालबहस संवाददाता
बैशाख ८, २०८१ शनिबार १६:४९:५२
८ वैशाख, काठमाडौं । विवादास्पद व्यवसायी सुलभ अग्रवाल साझेदारलाई शेयर ठगेको विषयमा फेरी विवादमा तानिएका छन् । उनका कारण लाइसेन्स लिदादेखि नै विवादमा परेको हिमालयन रि इन्स्योरेन्स कम्पनी अर्काे विवादमा तानिएको छ । कम्पनीका संस्थापक शेयरधनी सुलभ अग्रवालले संस्थापक शेयर दिन्छु भनेर लिएको पैसा बराबरको शेयर नदिएको अर्का शेयरधनीले आरोप लगाएका छन् । अग्रवालसँग अहिले शेयर नपाएकाहरुले व्याजसहितको पैसा माग्न थालेका छन् ।
बीमा क्षेत्रको नियामक निकाय राष्ट्रिय बीमा प्राधिकरण (तत्कालिन बीमा समिति) ले २०७८ जेठ १६ गते सो कम्पनीलाई पुनर्बीमा व्यवसाय गर्न अनुमति दिएको थियो । कम्पनीको चुक्ता पुँजी कम्तीमा १० अर्ब रुपैयाँ हुनुपर्ने लाइसेन्स लिने बेलाको शर्त थियो । कम्पनी स्थापनाको समयमा आफूले ३४ लाख ८० हजार कित्ता लिनको लागि रकम दिएको र सो रकम बराबरको शेयर दिन अग्रवाल तयार भएपनि पछि आलटाल गरेर अहिलेसम्म नदिएको एपेक्स समूहका संचालक मुकुन्दप्रसाद तिमिल्सिनाले बताएका छन् ।
‘कम्पनीको लागि रकम जुटाउने पहल २०७८ को जेठबाटै सुरु भएको थियो । त्यही बेलामा सुलभजी (सुलभ अग्रवाल) ले शेयर लिनुस भन्नुभयो । मैले ३४ लाख ८० हजार कित्ता शेयर लिने भनेर उहाँलाई पैसा दिएँ । तर, उहाँले मलाई अहिलेसम्म जम्मा ६ लाख ७५ हजार कित्ता शेयर मात्रै दिनु भएको छ । बाँकी न पैसा फिर्ता गर्नुभयो, न त शेयर नै दिनुभयो,’ तिमिल्सिनाले भने ।
तिमिल्सिनाको भनाइ अनुसार अग्रवालले पैसा लिएर पनि तिमिल्सिनालाई २८ लाख कित्ता शेयर दिन बाँकी देखिन्छ । तिमिल्सिनाका अनुसार अग्रवालले अन्य सबै साझेदारहरूलाई पैसा बुझाए अनुसारको शेयर दिएका थिए । तर अन्य सेयरधनीसँगै पैसा बुझाएका तिमिल्सिनालाई भने ६ लाख ७५ हजार कित्ता मात्र सेयर दिएर अन्याय गरेको उनको दाबी छ । ‘मैले ३४ लाख ८० हजार कित्ता शेयर खरिद गर्नको लागि पैसा बुझाएको प्रमाण मसँग छ । तर, मलाई जम्मा ६ लाख ७५ हजार कित्ता मात्रै शेयर दिइएको छ । कि मलाई मैले पैसा बुझाए बराबरको शेयर दिनुपर्यो, कि प्रचलित कानुन बमोजिम व्याजसहित रकम फिर्ता गर्नुपर्यो,’ तिमिल्सिनाले थपे ।
कोभिड महामारीको बेलामा नियामक निकायले सो कम्पनीलाई लाइसेन्स दिनको लागि गरेका गतिविधिको सोही समयमा आलोचना भएको थियो । तत्कालिन बीमा समितिले २०७८ बैशाख १६ गते सार्वजनिक सुचना प्रकाशित एउटा पुनर्बीमा कम्पनीको लाइसेन्स दिने जानकारी गराएको थियो । यसका लागि समितिले २१ दिनभित्रमा निवेदन दिन भनेको थियो । समितिले यस्तो सुचना प्रकाशित गर्नुपूर्व नै समितिमा करिब ४ वटा कम्पनीले पुनर्बीमाको लाइसेन्स माग्दै निवेदन दिएका थिए ।
कम्पनीको सस्थापक शेयरधनीहरुमा नेपाल उद्योग वाणिज्य महासंघका तत्कालिन अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्षहरु भवानी राण, पशुपति मुरारका तथा नेपाल उद्योग परिसंघका तत्कालिन अध्यक्ष शतिश मोर, कान्तिपुर मिडिया ग्रुप अध्यक्ष कैलाश सिरोहियालगायत प्रभावशाली व्यवसायी थिए । यस कम्पनीको नेतृत्व भने सुलभ अग्रवालले गरेका थिए ।
अग्रवाल सो कम्पनीको लाइसेन्स लिनुभन्दा केही अघि कोभिड संक्रमण महामारीको बेलामा ज्वरो नाप्ने उपकरण थर्मल गनको बढी रकम लिएको अभियोगमा पक्राउ परेर छुटेका थिए । अहिले अरु साँझदार पनि अग्रवालसँग रुष्ट देखिएका छन् । हिमालयन रि इन्स्योरेन्सका नाममा धितोपत्र बोर्डको लाइसेन्सका लागि उनले यसअघि निकै ठूलो धनराशी खर्चिएको बताइएको थियो । धेरै लगानी कर्तालाई शेयर दिन्छु भनेर उनले पैसा दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
जेठ ११, २०८१ शुक्रबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
जेठ १०, २०८१ बिहिबार
रविको निशानामा देउवाको परिवारः आरजु र छोरा जयवीर माथि अनुसन्धानको तयारी
जेठ ९, २०८१ बुधबार
अवैध नदीजन्य पदार्थ ओसारपसार गरिरहेका टिपर स्थानीयको नियन्त्रणमा
नेपालबहस संवाददाता
जेठ १०, २०८१ बिहिबार
यस्तो छ सहकारीको शिर, दलीय वर्चश्वमा एमाले !
केदार भट्टराई (काका)
जेठ १०, २०८१ बिहिबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
के क्रिकेटर हार्दिक र नतासाको डिभोर्स भएको ?
जेठ १२, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १३, २०८१ आइतबार
सगरमाथा आरोही सशस्त्र प्रहरी निरीक्षक पौडेलको स्वागत तथा सम्मान
जेठ १२, २०८१ शनिबार
संसदीय समिति गठन गर्दा गृहमन्त्रीको नाम राख्नैपर्ने कांग्रेसको अडान कायमै
जेठ १३, २०८१ आइतबार
बागमतीमा दैनिक २० भन्दा बढी सवारी दुर्घटना
जेठ १३, २०८१ आइतबार
सिक्किमका राईलाई ‘द पोएट आइडल’को उपाधि
जेठ १३, २०८१ आइतबार
संसद् अवरोध अन्त्य गर्न प्रधानमन्त्रीको सक्रियता, कांग्रेस सभापति देउवासँग छलफल
जेठ १३, २०८१ आइतबार
भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक
जेठ १३, २०८१ आइतबार
भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, १२ बालबालिकासहित २७ जनाको मृत्यु
जेठ १३, २०८१ आइतबार