राप्रपाले प्रदेश १ मा सरकार छाडेन, ‘पर्खने र हेर्ने’ रणनीतिमा
नेपालबहस संवाददाता
फागुन १४, २०७९ आइतबार १९:४०:५४
१४ फागुन, माेरङ । केन्द्रमा सरकारबाट बाहिरिएकाे राप्रपाले तत्काल प्रदेश १ मा भने तत्काल सरकार नछाड्ने भएको छ ।
राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समिकरण बनेपछि राप्रपाले संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संघ र बागमती प्रदेशबाट राप्रपा बाहिरिइसकेको छ । तर प्रदेश १ मा भने सरकारबाट बाहिरिइसकेकाे छैन ।
राप्रपा प्रदेश १ संसदीय दलका नेता समेत रहेका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौलाले सरकार छाड्नेबारे पार्टी नेतृत्वबाट निर्देशन आइनकेकाे बताए । नेतृत्वसँग छलफल गरेपछि मात्र सरकारबारे के गर्ने भन्ने निर्णय गर्ने बताए । अन्य प्रदेशको तुलनामा प्रदेश १ को परिस्थिति फरक रहेका कारण छलफलपछि निर्णयमा पुगिने उनले बताए ।
अन्य प्रदेशको तुलनामा प्रदेश १ विशिष्ट परिस्थिति रहेकाे उनकाे भनाइ छ । प्रदेश सरकारमा रहने वा बाहिरिने भन्ने विषयमा छलफल गर्न पार्टीको प्रदेश समितिले बैठक बोलाएको उनले बताए ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको शनिबारको बैठकले लिएकाे निर्णयअनुसार राप्रपाबाट संघीय सरकारमा उपप्रधान तथा उर्जामन्त्री रहेका राजेन्द्र लिङ्देनसहित मन्त्रीहरुले शनिबार नै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाइसकेका छन् । प्रदेश १ अध्यक्ष लिङदेनकाे गृह जिल्ला भएकाे क्षेत्र पनि हाे ।
एमालेका हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश १ सरकारमा राप्रपाबाट सिटौला मन्त्री भएका थिए । केन्द्र सरकारबाट एमाले बाहिरिइनसकेकाेअवस्था छ । उसले राष्ट्रपति निर्वाचनकाे परिणामपछि मात्र निर्णय लिने बताएकाे छ ।
९३ सदस्यीय प्रदेशसभामा सामान्य बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा नेकपा एमालेको सहयोगमा प्रत्यक्ष तर्फ दुई सिट जितेको राप्रपा एमालेसँग नजिक छ । एमाले र राप्रपा एक ठाउँमा उभिए ४६ मत पुग्छ । कांग्रेस माओवादी केन्द्र, एकिकृत समाजवादी र जसपाको गठबन्धनको मत पनि (सभामुख बाहेक) ४६ मात्र पुग्छ ।
प्रदेशमा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छैन । प्रदेश १ प्रदेशसभामा एमालेका ४०, प्रदेशसभामा कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६,नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
गर्मी मौसममा फ्रिजमा अण्डा राख्नु कत्तिको सही, जान्नुहोस् विज्ञानले के भन्छ ?
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
सङ्घीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
बैशाख २३, २०८१ आइतबार
इजरायलले अल जजिरामाथि प्रतिबन्ध लगायो
बैशाख २३, २०८१ आइतबार
धान रोप्ने खेत मासेर केरा खेतीमा नरेन्द्र
बैशाख २३, २०८१ आइतबार
डढेँलोमा परी बैतडीमा दुई महिला घाइते
बैशाख २३, २०८१ आइतबार