३ कार्तिक २०७८, बुधबार
समाज

आगलागीबाट चौध बाख्रा मरे

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १३:०३


मध्यरातमा आगलागी,

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा गोठमा भएको आगलागीबाट १४ बाख्रा मरेका छन् । स्थानीय कृषक आइती गर्वुजाको गोठमा रहेका पशु चौपायालाई न्यानो गराउन बालिएको आगो गोठमा सल्किएर आगलागी हुँदा बाख्रासहित गोठभित्र रहेका सामान जलेर रु १ लाख ५७ हजार बढीको क्षति भएको स्थानीय पुर्ख फगामीले जानकारी दिए ।

हिमपातका कारण कठ्याङ्ग्रिएका गाई र बाख्रालाई न्यानो बनाउन साँझ बालिएको आगो हावाहुरीले नजिकै रहेको सुकेको घाँस र सेउलामा सल्कन गई आगलागी भएको हो ।

अगलागीमा परेर चार बाख्रा, दुई बोका र आठ पाठापाठी जलेर मरेको पीडित परिवारले जनाएको छ । आगलागीबाट करीब रु ४० हजार बराबरको काठसहित २० हजार बढी खर्चिएर बनाइएको खोर पूर्ण रूपमा जलेको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता