आज १४ फेब्रुअरी अर्थात् भ्यालेन्टाइन डे, प्रेम साटासाट गरेर विश्वभर मनाइँदै छ । यसलाई नेपालमा प्रणय दिवसको रुपमा पनि मनाइने गरिन्छ । यस दिनलाई आफूले मन पराएकालाई प्रेम प्रस्ताव राख्न पाइने स्वन्तत्राको रुपमा पनि लिइन्छ । सोहीअनुसार कुन राशि भएकाले कुन राशिसँग प्रेम प्रस्ताव राखेर दिगो प्रेम गर्ने भन्ने विषयमा जानकारी दिने प्रयास गरेका छौँ । ज्योतिषशास्त्रअनुसार कुन राशि भएकाले कुन राशि भएकासँग प्रेम गर्दा दिगो हुन्छ ? हेर्नुहोस् मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :- मेष राशी भएका मानिसहरूले तुला राशि हुने मानिसहरूसँगको सम्बन्ध सबैभन्दा राम्रो हुनेछ । कन्या र वृश्चिक राशी हुनेहरूसँगको सम्बन्ध नोक्सानदायक