fbpx

‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडियो

काठमाडौं । चन्द्रसूर्यसहितको राष्ट्रिय झन्डा अंकित नेपालको पहिलो भूउपग्रह ‘नेपालीस्याट–वान’ अन्तरीक्षमा छोडिएको छ । अन्तर्राष्ट्रिय अन्तरीक्ष केन्द्र 'आइएसएस'बाट सो नानो भूउपग्रह अन्तरीक्षमा छोडिएको हो । नेपालको पहिलो नानो भूउपग्रह जापानको क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी ९क्युटेक०मा अध्ययन गर्दै आएका नेपाली विद्यार्थी आभाष मास्केसहितको टोलीले निर्माण गरेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नास्टका प्रविधिक हरिराम श्रेष्ठ पनि यो परियोजनामा संलग्न छन् । नेपालीसहित जापान र श्रीलंकको पनि नानो भूउपग्रह अन्तरिक्षमा छाडिएको छ । थप पढ्नुहोस्

यस्तो आउँदैछ उबरको उड्नसक्ने कार, धेरै हिस्सा पारम्पारिक हेलिकोप्टरसँग मिल्दोजुल्दो

एजेन्सी । उबरले आफ्नो नयाँ उड्नसक्ने ट्याक्सी सेवा अनावरण गरेको छ । यसमा मानिसको आन्तरिक तथा केही महत्वपूर्ण फिचर्स देख्नसक्ने बताइएको छ । कम्पनीले सन् २०२३ देखि उड्नसक्ने ट्याक्सी सेवा व्यावसायिकरुपमा शुरु गर्ने बताएको छ । तर, यसको परीक्षण २०२१ देखि शुरु हुनेछ । यसको भाडा कति हुन्छ भन्ने विषयमा कुनै जानकारी दिइएको छैन । तर, पारम्पारिक हेलिकोप्टरको तुलनामा भने सस्तो हुने बताइएको छ । उबरको हवाई ट्याक्सी सेवाको पहिलो उडान अमेरिकाको डालास, टेक्ससका साथै लस एन्जल्समा शुरु हुनेछ । थप पढ्नुहोस्

टेलिकमकाे नयाँ योजना : ३ रुपैयाँ ३ पैसामा फोन गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमको सिमबाट ३ रुपैयाँ ३ पैसामा चीनमा कल गर्न सकिने भएको छ। अन्तर्राष्ट्रिय कल सेवा विस्तारसँगै टेलिकमले नयाँ योजना ल्याएको हो। यो अफरअन्तर्गत कल गर्दा अन्य समयको भन्दा २०.८९ प्रतिशत कम शुल्क लाग्छ। टेलिकमले जारी गरेको विज्ञप्तिमा यो अफरले चीन र नेपालबीच भइरहेको व्यापार व्यवसायमा टेवा पुर्‍याउनुका साथै द्विपक्षीय भ्वाइस कल सेवा सहज गराउने जनाएको छ। केही समय अघि कम्पनीले सुरु गरेको चाइना कल अफरमार्फत ग्राहकले भ्वाइस कल सेवा लिँदै आएको टेलिकमले जनाएको छ । थप पढ्नुहोस्

अमिताभ बच्चन ट्वीटर ह्याक भएपछि तनावमा

एजेन्सी । बलिउडका अभिनेता अमिताभ बच्चनको ट्वीटर एकाउन्ट सोमबार राती ह्याक भएको छ। पाकिस्तान समर्थित टर्कीको टर्किस साइबर आर्मी अयिल्दिज टोलीले यसको जिम्मेवारी लिएको छ । अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग जोडिएको केही सन्देश पोस्ट भएको थियो। अकाउन्ट ह्याक भएपछि अमिताभको अकाउन्टको प्रोफाइल बदलिएको थियो। अभिताभको फोटोको ठाउँमा इमरान खानको तस्बिर राखिएको थियो। लेखिएको थियो, – ‘एक्टर‘। हेर त केही मानिसहरु पाकिस्तानलाई यसरी माया गरिरहेका छन्।’ अमिताभ ट्वीटरमा खास सक्रिय हुन्छन् र उनको ३ करोड ७४ लाख फलोअर्स छन् । थप पढ्नुहोस्

नेपाली स्याट–१ ले असार २ देखि पृथ्वीको परिक्रमा गर्ने

ललितपुर । नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ । जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो । डेढ महीनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो । थप पढ्नुहोस्

नेपाल टेलिकमले नवीकरण शुल्क पाँच किस्तामा तिर्नुपर्ने !

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनीले मोबाइल सेवाको नवीकरणका लागि रु २० अर्ब तिर्नुपर्ने भएको छ । मोबाइल सेवा सञ्चालनका लागि अनुमति लिएपछि पहिलो पटक दश वर्षमा एक पटक र दोस्रो पटक पाँच वर्षमा अनुमतिपत्र नवीकरण गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाका आधारमा टेलिकमले पाँच किस्तामा उक्त परिमाण बराबरको नवीकरण शुल्क तिुर्नपर्ने भएको छ । थप पढ्नुहोस्

नापतौलमा एकरूपता ल्याउन विश्व नापतौल दिवस मनाइयो

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा १४४औँ विश्व नापतौल दिवस मनाइएको छ ।‘अन्तर्राष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने मूल नाराका साथ सोमबार विभागको परिसर बालाजुमा उक्त दिवस मनाइएको हो । कार्यक्रममा विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विश्वभरि नापतौलमा एकरूपता ल्याउने उद्देश्यले उक्त दिवस मनाउँदै आएको जानकारी दिए। पछिल्लो समय विभागले विदेशमा उत्पादित कम्पनीका सामग्रीलाई पनि एनएस 'नेपाल गुणस्तर' चिह्न प्रदान गर्दै आएको छ । थप पढ्नुहोस्

अब फेसबुकमा सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देखिने

facebook
एजेन्सी। आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ । उक्त परिवर्तनपछि प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका सबैभन्दा उपयोगी लिंकहरुलाई न्यूजफिडमा सबैभन्दा माथि हेर्न पाउनेछन् । फेसबुकले यस बारेमा धेरै जानकारी प्रदान गर्नका लागि हालै एउटा सर्भेक्षण गरेको छ । जसको उद्देश्य फेसबुक प्रयोगकर्ताले के हेर्न चाहन्छन् र कसको माध्यमबाट हेर्न चाहन्छन् रु भन्ने कुरा थाहा पाउनु थियो । थप पढ्नुहोस्

स्मार्टफोन : क्यामेराको विषयलाई लिएर प्रतिस्पर्धा

एजेन्सी । अहिले स्मार्टफोन निर्माताको बीचमा क्यामेराको विषयलाई लिएर प्रतिस्पर्धा हुने गरेको छ । ग्राहकको ध्यान आकर्षित गर्न स्मार्टफोन कम्पनीले धेरै क्यामेराको फिचर्स भएको स्मार्टफोन ल्याउने गरेका छन् । यसैबीच सार्वजनिक भएको एक प्रतिवेदनले सन् २०२१ सम्म विश्वभर बिक्ने स्मार्टफोनमा करीब आधा स्मार्टफोनमा तीन वा सोभन्दा बढी क्यामेरा रहने देखाएको छ । पछिल्ला समय तनिओटा क्यामेरा भएका स्मार्टफोनमा ग्राहकहरु आकर्षित देखिएका छन् । एक अध्ययनअनुसार सन् २०१८ मा बिक्री भएका केवल ६ प्रतिशत स्मार्टफोनमा तीन वा सोभन्दा बढी क्यामेरा थिए । थप पढ्नुहोस्

आज विश्वभर ५० औँ विश्व दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै

काठमाडौं । सन् २००० अर्थात् १९ बर्ष अघि नेपालमा १५ हजार व्यक्तिमा मात्र टेलिफोनको पहुँच थियो जतिखेर देशको जनसङ्ख्या दुई करोड २७ लाख थियो । टेलिफोनको पहुँच हुनेहरूको समाजमा छुट्टै इज्जत हुन्थ्यो । एउटा टेलिफोन लाइन लिन ‘ठूलै’ शक्तिको प्रयोग गर्नुको विकल्प पनि थिएन त्यसबेला । परिस्थिति अहिले अपत्यारिलो किसिमले बदलिएको छ । हातमा फोन हुनु अब नेपालीका लागि गर्वको विषय रहेन । यो बरु गास, बास, कपासजस्तै आधारभूत आवश्यकता बनिसकेको छ । थप पढ्नुहोस्
1 2 3 27