शाहरुख खानका छोरा आर्यनको फेसबुक अकाउन्ट ह्याक

भारत ।आर्यन खानको फेसबुक अकाउन्ट ह्याक भएको छ। शाहरुख खानका जेठा छोरा आर्यनले इन्स्टाग्राम एकाउन्टबाट आफ्‍नो फेसबुक ह्याक भएको जानकारी दिएका छन्। उनले फेसबुकबाट आउँने कुनै पनि पोस्ट, म्यासेजलाई ‘इग्‍नोर’ गर्नको अनुरोध गरेका छन्। इन्स्टामा स्टोरी शेयर गर्दै आर्यनले लेखेका छन्, ‘मेरो फेसबुक अकाउन्टबाट आएको कुनै पनि क्रियाकलापलाई बेवास्ता गर्नुहोला, अकाउन्ट ह्याक भएको छ।’२१ वर्षीय आर्यन खान बलिउडमा आउनुअगाडि नै सामाजिक सञ्जालमा प्रख्यात भईसकेका छन्। सामाजिक सञ्जालमा उनलाई सेलिब्रेटीकै व्यवहार गर्ने गरिएको छ। उनी बलिउडका बादशाहका छोरा हुन् । थप पढ्नुहोस्

रहेनन् अब कलाकार गणेश न्यौपाने मुनाल

काठमाडौं । कलाकार गणेश न्यौपाने मुनालको आज निधन भएको छ। उनको आज बिहान घरमै निधन भएको कलाकार मुकुन्द मैनालीले जानकारी दिए। मुकुन्दका अनुसार मैनालीलाई सुगर र प्रेसरको समस्या थियो। मृत मैनालीले अभिनय गरेको चलचित्र गोपी प्रदर्शनको तयारीमा छ । थप पढ्नुहोस्

हिन्दी गीतमा नेपाली मोडल सृष्टि खड्का

काठमाडौं । नेपाली मोडल सृष्टि खड्काको अभिनय रहेको हिन्दी गीत ‘कुच तो हे’को भिडियो सार्वजनिक भएको छ । भिडियो मोडलिङमा सृष्टिलाई समिम खानले साथ दिएका छन् । सृष्टिले नेपाली थुप्रै भिडीयोहरु अभिनय गरेकी छन् । ‘कुच तो हे’ गीतमा गायिका ज्योतिका तन्गरी र यसर देसैको स्वर रहेको छ । ज्योतिकाले बलिउड फिल्ममा धेरै गति गायकी छन् । अजय जैसवालको संगीत र राशी महेस्वारीको शब्द यो गीत जी म्युजिक कम्पनिले बाहिर ल्याएको हो । गीतको भिडियो भने स्वप्निल जैसवालले निर्देशन गरेका हुन् । पबन गौतमको छायाँकन रहेको भिडियोमा कृष्ण रसलको कोरियोग्राफी र हैदिक सिंह रानाको सम्पादन रहेको छ । थप पढ्नुहोस्

दीपिकासँग विवाह गरेपछि रणबीर सिंहले यी तीन कुरा गर्न पाउँदैनन्

एजेन्सी । दीपिका पादुकोण र रणबीर सिंहको विवाह भएको दुई महिना भइसकेको छ । तर अहिलेसम्म यो जोडीको चर्चा रोकिएको छैन ।   हालै भारतीय मिडियासँगको कुराकानीमा विवाहपछि उनको जीवन परिवर्तन भएको बताएकी छिन् । साथै, रणवीरले विवाहपछि आफूले तीन काम गर्न नपाउने बताएका छन् ।  तीन काम गर्न पाउँदैनन् रणबीर   उनले भने, १.म खाना नखाई घर छोड्न पाउँदिनँ २ . म दीपिकाको फोन मिस गर्न पाउनेछैन ।’ ३ . म बेलुका अबेरसम्म घर बाहिर बस्न पाउँदिनँ । दीपिका रणवीरको विवाह सन् २०१८ को मुम्बईमा आयोजित भव्य विवाहमध्येको एक थियो । थप पढ्नुहोस्

साँढेजुधाइ हेर्नजानेको लर्को

विदुर । विगत ५० वर्षभन्दा लामो चिनारी बोकेको गोरुजुधाइ आज पनि जारी छ । हरेक वर्ष माघ १ गतेका दिन नुवाकोटको तारुकामा साँढेजुधाएर रमाइलो गर्ने चलन छ । नेपाली समाजमा एउटा छुट्टै चिनारी बोकेको मौलिक साँस्कृतिक चाड माघेसङ्क्रान्तिमा गोरुजुधाइ मेला नुवाकोट पहिचान र संस्कृति बनिसकेको छ । फुर्के, मिल्के, तारे, बर्ने, सिँगारे, जुरुे, जोवने, झिल्के, सिन्दूरे, झालेमाले, माले, काले, रातेजस्ता अनगिन्ती नाम गरेका गाउँका अजङ्गका साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो मेला तारकेश्वर गाउँपालिका तारुकामा पर्ने चन्दनीडाँडामा चल्दैछ । थप पढ्नुहोस्

भ्यालेन्टाइन डे’ को दिन विवाह गर्दै वर्षा र संजोग

काठमाडौं । लामो समयदेखि प्रेममा रहेका अभिनेता संजोग कोईराला र अभिनेत्री वर्षा राउत विवाह बन्धनमा बाँधिने भएका छन् ।आगामी प्रेम दिवस अर्थात फागुन २ गते दुबैले लगनगाँठो कस्ने भएका हुन् । अभिनेत्री वर्षाले आज आफ्नो आधिकारिक फेसबुकमार्फत एक कार्ड शेयर गर्दै विवाह मिति सार्वजनिक गरेकी हुन् ।  प्रेमको प्रशंसा गर्दै लेखिएको कार्डमा भनिएको छ‘ हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ । हामी जीवनभरका लागि सुखद यात्रा सुरुवात गर्न गइरहेका छौ ।’ सोही कार्ड अभिनेता संजोगले पनि शेयर गरेका छन् । अभिनेत्री बर्षा पछिल्लो समयकी ब्यस्त नायिका हुन् । थप पढ्नुहोस्

चलचित्र रणवीरको ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र रणवीरको ट्रेलर सार्वजनिक भएको छ। माघ १८ गतेबाट प्रदर्शनमा आउने रणवीरको ट्रेलरमा माया र बदलाको भावनालाई समेटिएको छ । ट्रेलरमा अभिनेता सुशील सिटौला अघिल्ला फिल्मको तुलनामा फरक देखिएका छन्। यहि चलचित्रको लागि सिटौदादे तौल बढाएका छन्। सुशीलसँगै प्रशान्त ताम्राकार पनि सशक्त रुपमा देखिएका छन् । सुशील र प्रशान्त बीचको टकरावलाई ट्रेलरमा मुख्य रुपमा चित्रण गरिएको छ । चलचित्रमा डेब्यु गर्ल सुबेक्षा खड्का र सुपुस्पा भट्टलाई पनि प्रस्तुत गरिएको छ । सुबेक्षा सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल बिजेता हुन् भने सुपुस्पा पनि सिएकि विधार्थी । थप पढ्नुहोस्

भोक लाग्दा रिस उठ्छ ? थाहा पाउनुस यस्तो छ कारण !

काठमाडौं । भोक लाग्दा धेरै रिस उठ्छ । नउठोस् पनि किन ? आखिर भोक न हो । तर भोक लाग्दैमा किन रिस उठ्छ त ? कहिल्यै विचार गरिएको छ ? लण्डनस्थित किंग्स कलेजका पोषणविद् सोफी मेडलिनलाई आधार मान्ने हो भने हाम्रो शरीरमा जब चिनीको मात्रा कम हुन्छ, तब शरीरमा कार्डिसोल तथा एड्रीनल नामक हर्मोनको मात्रा अचानक बढ्छ । कार्डिसोल तथा एड्रीनल नामक हर्मोनको सीधा सम्बन्ध तनाव तथा आक्रोशसँग हुन्छ । यसको नकारात्मक असर मस्तिष्कमा पर्दछ । मस्तिष्कबाट निस्कने न्युरोपेप्टाइड्स नामक केमिकल्सले यी केमिकल्सलाई नियन्त्रित गर्ने गर्दछ । थप पढ्नुहोस्

गायिका गङ्गा छन्त्याललाई ‘जिउनै गाह्रो’

काठमाडौं । गायिका गङ्गा छन्त्यालको ‘जिउनै गाह्रो’ म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो म्युजिक भिडियोको आइतबार विमोचन गरे । विमोचन कार्यक्रममा कलाकार श्रेष्ठले सुखलाई जीवन पद्धतिमा ढालेर जिउन जान्नुपर्ने बताए । “अपाङ्ग भएका व्यक्तिले कति दुःख व्यहोर्नुपर्छ भन्ने कुरा मैले नजिकबाट अनुभव गरेको छु,” उनले भने, “अपाङ्गता भएका व्यक्तिले आफ्नो कला प्रस्तुत गरेर उदाहरणीय काम गरेका छन् । थप पढ्नुहोस्

नेपालमै पाइन्छन भाडामा अरूको गर्भ बोक्ने युवती ! तर तिर्नुपर्छ यति मुल्य ?

काठमाडौं । गर्भ भाडामा लगाउनको लागी नेपालमा कानुनी व्यवस्था नभएपनि कानुनले अरुको बच्चा जन्माउनलाई रोकेको छैन् । भाडामा सन्तान जन्माउने पद्धती सोरोगेट मदरलाई व्यवस्थित गर्ने विषयमा असोज २ गते मन्त्रिपरिषदको बैठकले बताइसकेको छ । अहिले भाडा लिएर आमा बन्नको लागी कानुन व्यवस्थित हुने क्रममा रहेको छ, उक्त कानुनले सोरोेगेट मदर बन्नको लागी मापदण्ड निर्धारण गर्नेछ । पश्चिमी मुलुकका महिलाले विदेशीको गर्भ भाडा लिँदा विदेशीबाट करिब १ लाख ५० हजार डलर पाउँछन् । थप पढ्नुहोस्
1 2 3 54