२८ चैत, काठमाडौ । चितवन राष्ट्रिय निकुञ्जको कुजौलीमा आमासँग छुट्टीएको अबस्था एक गैंडाको बच्चालाई उद्वार गरिएको छ । नबलपरासीको दिब्यपुरीको पारी पट्टी नारायणी नदीको टापुमा उक्त गैडाको बच्चा माउसँग छुटीएको अबस्थामा फेला परेको थियो । हाल गैडाको बच्चा उद्वार गरी सौरहा ल्याईएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौरहाका प्रमुख बाबुराम लामीछानेले जानाकारी दिए । जन्मेको २ हप्ता पुगेको पोथी उक्त बच्चा निकुञ्जका सेनाले एक्लो देखेपछि बच्चालाई जगल छाड्दा बाघले आक्रमण गर्न…