३ कार्तिक २०७८, बुधबार
मेडिकल कलेज / अस्पताल

पूर्व अर्थमन्त्री अधिकारीको अवस्था गम्भिर

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १५:५०


काठमाडौं । पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा पहिलो पुस्ताका कम्युनिस्ट नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भिर बनेको छ । ८२ वर्षीय अधिकारीको मुटुको चाल कम हुँदै गएको र स्वास्थ अवस्था विग्रिदै गएको अस्पताल स्रोतले छ । अहिले उनलाई भेन्टिलेटरमा राखिएको छ ।

पुस २३ देखि अस्वस्थ भएका अधिकारीलाई शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरिएको थियो । अधिकारीको उपचारमा लापरवाही भएपछि धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार हुँदै आएको छ । नेता अधिकारीको स्वास्थ्यमा शुक्रबारबाट थप जटिज भएपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको छ ।

न्यूमोनियाका कारण स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । छाती रोग विशेषज्ञ डा. अर्जन कार्की र राजु पंगेनीको टोलीले उनको उपचार गरिरहेको छ । अधिकारीको अवस्था गम्भिर भएपछि सिक्किम र दुबईमा रहेका छोरीहरुलाई काठमाडौं झिकाइएको छ ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता