११ कार्तिक २०७८, बिहीबार
समाचार

हेलिकप्टर दुर्घटना : दिवंगत मन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

प्रकाशित मिति :  १७ फाल्गुन २०७५, शुक्रबार १९:१३


काठमाडौं । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको पोखराको रामघाटस्थित दाह संस्कार गरिएको छ । मन्त्री अधिकारीको राजकीय सम्‍मानका साथ दाह संस्कार गरिएको हो । मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईले दागबत्ती दिएकी हुन् ।

अधिकारीको शव शुक्रबार नै पोखरा लगी प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । त्यसपछि शुरु भएको शवयात्रा शुरु गरिएको र नयाँबजार, महेन्द्रपुल,हस्पिटल चोक हुँदै रामघाट पुर्‍याइएको थियो । अधिकारीको शव यात्रामा सर्वसाधारणदेखि नेताहरुको बाक्लो सहभागिता रहेको थियो । बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित सिस्नेभिरमा हेलिकप्टर दुर्घटनामा परी मन्त्री अधिकारीसहित ७ जनाको निधन भएको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा