१३ चैत्र २०७९, सोमबार
समाचार

पूर्व राजा मध्यतराईको भ्रमणमा जाने 

प्रकाशित मिति :  १८ फाल्गुन २०७५, शनिबार ०९:४६


फाइल फाेटाे

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहको मध्यतराईको भ्रमण यहि फागुन २२ गतेबाट सुरु हुने भएको छ । दमकस्थित आफ्नो स्वामित्वमा रहेका हिमालयन टि गार्डेनमा बस्दै आएका पूर्वराजा शाह यहि फागुन २२ गतेदेखि मध्य तराईको भ्रमण हुने भएको हो ।

देश दौडाहाको क्रममा उनको पहिले भ्रमण धनुषाको जनकपुरबाट हुने भएको छ । राप्रपा नेपालले हिन्दू राज्य र राजतन्त्रको माग गर्दै मेची महाकाली यात्रा तय गरेसँगै पूर्वराजा ज्ञानेन्द्रले पनि आफ्नो यात्रा सुरु गर्न लागेका  हुन् ।

उनी केही दिन जनकपुर बसेर सोही होटलबाट मध्यतराईको यात्रा तय गर्न लागेका हुन् । स्रोतका अनुसार २२ गते जनकपुर पुगेर राजनीतिक भेटघाट गर्ने त्यसको भोलिपल्ट २३ गते सिराहा भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


कस्तो छ, आजको मौसम ?
नेपालबहस संवाददाता