काठमाडाैं । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको बोरुसिया डर्टमण्ड पराजित भएको छ । शुक्रबार राति भएको खेलमा डर्टमण्ड अग्सबर्गसंग २-१ गोल अन्तरले पराजित भएको हो ।
घरेलु मैदानमा अग्सबर्गलाई जित दिलाउन दक्षिण कोरियाली खेलाडी जी डोङ वोनले दुई गोल गरे । डर्टमण्डका पाको अल्कासरले एक गोल फर्काए । डर्टमण्डविरुद्ध खेलको २४ औं मिनेटमा वोनले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ६८ औं मिनेटमा वोनले व्यक्तिगत दोस्रो गोल गर्दै अग्सबर्गलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा डर्टमण्डका अल्कासरले एक गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । यो हारसंगै डर्टमण्डले शीर्ष स्थानको अग्रता फराकिलो बनाउने मौका गुमाएको छ । हारपछि डर्टमण्डले २४ खेलबाट ५४ अंक जोडेको छ । डर्टमण्ड दोस्रो स्थानको वायर्न म्युनिखभन्दा ३ अंकले अघि छ । वायर्नको ५१ अंक छ । २१ अंक जोडेको अग्सबर्ग १५ औं स्थानमा छ । एजेन्सी