११ कार्तिक २०७८, बिहीबार
पर्यटन

हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालन

प्रकाशित मिति :  १८ फाल्गुन २०७५, शनिबार २१:४८


हुम्ला । हिमाली जिल्ला हुम्लामा चार दिनपछि हवाई उडान सञ्चालनमा आएको छ । मङ्गलबारदेखि निरन्तर हिमपात हुँदा यहाँको एक मात्र यातायात सेवा बन्द हुन पुगेको थियो । हिमपातले यहाँको जनजीवन अस्तव्यस्त भई दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो ।

शुक्रबार विमानस्थलको हिउँ पन्छाएपछि आजदेखि निजी तथा सरकारी एयरलाइन्सले उडान भरेका हुन् । नेपाल एयरलाइन्सले आज नेपालगञ्जबाट हुम्लाको लागि उडान भरेको हो ।

आज निजी एयरलाइन्सले नेपालगञ्ज र सुर्खेतबाट नेपाल खाद्य संस्थानको चामल ढुवानी गरेको सिमकोट विमानस्थलका कर्मचारी राजबहादुर बोहराले बताए । जिल्लामा चार दिनसम्म हवाई उडान नहुँदा सिमकोटमा दैनिक उपभोग्य सामग्रीको समेत अभाव हुँदै आएको थियो । कुखुराको मासु, माछा, तरकारी, तेललगायत अन्य सामग्री नेपालगञ्ज र सुर्खेतबाट हुम्ला भित्रने गरेको थियो ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा