१८ चैत्र २०७९, शनिबार

श्रद्धाञ्जलीका लागि नेता अधिकारीको शव पार्टी कार्यालयमा, आजै अन्त्येष्टि गरिने

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार १०:२२


काठमाडौं । उपचारका क्रममा शनिबार राति दिवङ्गत भएका नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ ।

अहिले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । नेता अधिकारीको निधनबाट नेपाल कम्युनिष्ट पार्टी स्तब्ध भएको  छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा