काठमाडौं । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा एक कलाकारले मन छुने शोकगीत गाएका छन् । गत बुधबार हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री अधिकारीको बारेमा तथा उनको राजनीति जीवनका योगदानको चर्चा गर्दै गाएको शोकगीतले धेरैको मन छोएको छ ।
सत्य भनेको मृत्यु जतिसुकै भयावह भएपनि स्वीकार गर्नैपर्छ । तर, मन्त्री अधिकारीको निधन असामयिक र अकल्पनियमात्र होइन, सबैका लागि अस्वीकार्य बन्यो ।
देशले आशा र भरोसा गरेको नेता गुमाएको भन्दै धेरैले मन थाम्न नसकेको अवस्थामा भर्खरै सार्वजनिक गीतले झनै भावबिह्ल बनाएको छ ।
सारंगी रेटेर गाएको गीतमा अधिकारीले विद्यार्थी राजनीतिदेखी मन्त्री बन्दासम्मको अवधिमा गरेका योगदानको चर्चा गरिएको छ । यस्तै राजनीतिक जीवनका आरोह अवरोह पल्टाउँदै गाएको गीतमा लोक कलाकार पीएन साईलाले स्वर दिएका छन् । गायक आफैले सारंगी बजाएका छन् ।
गीतको शब्द भने पत्रकार श्यामसुन्दर पुडासैनीले रचेका हुन् । गीत सामाजिक संञ्जाल युट्युवमा हेर्न सकिन्छ ।
रवीन्द्र अधिकारीप्रति श्रदाञ्जली दिदै गाईएको शोक गीतको भिडियो:
https://youtu.be/UfdF5r0C8yE