१६ चैत्र २०७९, बिहीबार
समाचार

राजकीय सम्मानका साथ पूर्वमन्त्री अधिकारीको अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ति

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार १७:१२


काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । अधिकारीको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको हो । पशुपति आर्यघाटमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय झन्डा ओढाएर अधिकारीलाई सम्मान व्यक्त गरेका थिए ।अधिकारीलाई एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको चितामै अन्त्यष्टि गरिएको थियो ।

अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए । त्यस्तै उनको सम्मानमा सशस्त्र प्रहरीको टुकडीले सलामी अर्पण गरेको थियो । फोक्सो र मुटुको रोगबाट पीडित अधिकारीको काठमाडौँ स्थित ह्याम्स अस्पतालमा शनिवार राति ९ बजेर ४५ मिनेटमा निधन भएको थियो । अन्तिम श्रद्धाञ्जली दिनका लागि अधिकारीको पार्थिव शरीर आइतबार बिहान ९ देखि १२ बजेसम्म नेकपा पार्टी कार्यालय धुम्वाराहीमा राखिएको थियो ।


13
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा