शनिबार , जेठ १, २०७८

बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुँदै

बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुँदै

काठमाडौं । भूकम्पको जोखिममा रहेका नेपालका बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुने भएको छ । सरकारले भूकम्पको जोखिमलाई दृष्टिगत गरी विभिन्न देशको सहयोगमा बीस स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गर्न लागेको हो । जसमध्ये चीन सरकारको सहयोगमा १०, जापान सरकारको सहयोगमा आठ र राइम्सको सहयोगमा दुई स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको हो ।

चीन सरकारको सहयोगमा सङ्खुवासभा, सोलुखुम्बु, रसुवा, लमजुङ, मुस्ताङ, डोल्पा, मुगु, बाजुरा, दार्चुलालगायत जिल्लामा ‘भूकम्प मापन स्टेशन’ निर्माण हुन लागेको छ । त्यस्तै, जापान सरकारको सहयोगमा सिन्धुली, बारा, चितवन, नवलपरासी, स्याङ्जा, म्याग्दी, कपिलवस्तु, रोल्पा तथा रायम्सको सहयोगमा महोत्तरी र दाङमा स्टेशन निर्माण हुन लागेको छ । २०३७ सालमा फूलचोकी डाँडामा पहिलो भूकम्प मापन स्टेशन स्थापना भएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank new
Nepal Life Insurance

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले स्टेशन निर्माण भएपछि नेपालभरका भूकम्पको डाटा मापन गर्न सहज हुने बताए । “धेरै स्टेशन निर्माण भएसँगै सानाभन्दा साना भूकम्पको समेत मापन गर्न सहज हुन्छ,” उनले भने २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि नेपालमा चार रिक्टर स्केलभन्दा माथिका ५०० भन्दा बढी र चार रिक्टर स्केलभन्दा साना ५० हजारभन्दा धेरै भूकम्प गइसकेको केन्द्रले जनाएको छ ।

हाल राष्ट्रिय भूकम्प मापन केन्द्र लैनचौर र राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतबाट देशरभरको भूकम्पका बारेमा जानकारी लिँदै आइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम मापदण्ड कडाइले नयाँ संक्रमितको सङ्ख्या केही कम १७ घण्टा पहिले
पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद पूर्वराजाले दिए शुभचिन्तक तथा आफ्नाे उपचारमा खटिने डाक्टर र नर्सलाई धन्यवाद १० घण्टा पहिले
प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै प्रतिष्ठित व्यवसायी घिमिरेले चीनबाट अक्सिजन सिलिण्डर लगायतका सामग्री ल्याउँदै ११ घण्टा पहिले
एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? एक वाणिज्य बैंकसहित चार कम्पनीको २ करोड १३ लाख कित्ता शेयर सूचीकृत, कुनको कति ? १२ घण्टा पहिले
कोभिडका कारण राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित कोभिडका कारण राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित १० घण्टा पहिले
भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? भोलिदेखि एनएमबि बैंकले २ अर्बको ऋणपत्र बिक्री गर्दै, कति दिदैँछ ब्याज ? १४ घण्टा पहिले
कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दै कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दै ३ घण्टा पहिले
द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता द्रुतमार्गको दुवै प्याकेजका सुरुङ निर्माण सम्झौता ३ घण्टा पहिले