१६ चैत्र २०७९, बिहीबार
समाज

पाँच स्थानीय तहमा मोबाइल एप्स

प्रकाशित मिति :  १९ फाल्गुन २०७५, आईतवार २०:४०


बैतडी । बैतडीका स्थानीय तहले प्रविधि विकासमा जोड दिदैं अहिले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । चार नगरपालिका र ६ गाउँपालिका गरी १० स्थानीय तह रहेको बैतडीमा पाँच स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएको छ भने बाँकी स्थानीय तह मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

मोबाइल एप्स सञ्चालनमा आएको स्थानीय तहमा दोगडाकेदार, पञ्चेश्वर, शिवनाथ र डिलासैनी गाउँपालिका तथा पाटन नगरपालिका छन् । अहिलेसम्म चार गाउँपालिका र एक नगरपालिका गरी पाँच स्थानीय तहले मोबाइल एप्स सञ्चालनमा ल्याएका छन् ।

गाउँ र नगरपालिकामा सञ्चालित मोबाइल एप्सबाट गाउँ र नगरपालिकाका सूचनालगायत सबै क्रियाकपाल हेर्न र पढ्न सकिने दोगडाकेदार गाउँपालिकाका आइटी अफिसर जनकबहादुर विष्टले बताए ।

साथै गाउँ र नगरपालिकाका काम बारे सुझाव, सल्लाह पनि एप्सबाटै दिन सकिनेछ । गाउँ र नगरपालिकाका आ–आफ्ना नामबाट सञ्चालित उक्त एप्सहरु मोबाइलको प्ले स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सकिने आइटी अफिसर विष्टको भनाइ छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्रममार्फत गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा ल्याइएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । यो एप्सले नागरिकलाई सहज हुने विश्वास गरिएको छ ।

मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका, पुर्चौडी नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिकामा मोबाइल एप्स सञ्चालनमा आएको छैन् ।

मोबाइल एप्स सञ्चालन गर्न बाँकी रहेका गाउँ र नगरपालिकाले मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी भइरहेको बताएका छन् । मेलौली नगरपालिकाकी उपप्रमुख राधा ओझाले नगरपालिकाको मोबाइल एप्स सञ्चालनमा ल्याउने तयारी भइरहेको बताए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा