१८ चैत्र २०७९, शनिबार
राजनीति

प्रजातान्त्रिक अधिकारमाथि हस्तक्षेप कांग्रेसले स्वीकार्य गर्दैन: सभापति देउवा

प्रकाशित मिति :  २० फाल्गुन २०७५, सोमबार १९:२७


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सबै खालको स्वतन्त्रता हनन गर्ने कार्यमा सक्रिय रहेको बताएका छन् । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्य समितिले सोमबार चाँगुनारायण नगरपालिका वडा नं. ८ जितपुर सुडालमा आयोजना गरेको प्रजातन्त्र सेनानी लीलाबहादुर पण्डितको प्रथम स्मृति सभामा बोल्दै उनले प्रजातान्त्रिक अधिकार माथि हस्तक्षेप गर्ने कार्य नेपाली कांग्रेसलाई स्वीकार्य नहुने बताए ।

सरकारले प्रेस माथि पनि बिभिन्न बाहनामा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै कांग्रेसले यस्ता कार्यको पनि विरोध गर्ने बताए । प्रजातन्त्र ल्याउने पटक पटकको आन्दोलनमा सक्रिय सहभागि रहेका पण्डितको गत २०७४ फागुन १ गते निधन भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका सभापति दूर्लभ थापाले पण्डितको निधनले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताउदै उनंको योगदानको अनुसरण गर्दै पार्टी एक ढिक्का भएर अगाडि जानु पर्नेमा जोड दिए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा