रम्भा गाउँपालिकाका कृषक बाँदर आतङ्कको मारमा
इन्द्र रिजाल
फागुन २१, २०७५ मंगलबार १६:३४:५०
बेझाड । पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानीमा परेका छन् । ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतबारीमा लगाएका तरकारी, अन्नबाली खाएर नष्ट पार्न थालेको छ ।
आलु खन्न नपाउँदै खेतबाटै खोतलेर खाएर सखापै पारेको कृषक केदारप्रसाद बस्यालले बताए । उनले यस वर्ष उन्नत जातको ‘प्रिभेसी खुमल उज्ज्वल’ एक हजार दाना आलु लगाएका िथए । “नयाँ प्रजातिको महँगो मूल्यमा बीउ खरीद गरेर आलु लगाएको, खन्न नपाउँदै बाँदरले खेतबाटै खाएर सखापै पा¥यो”, बस्यालले भने। बस्यालले प्रतिदाना रु १५ मा बीउ खरीद गरेर नयाँ प्रजातिको आलु लगाएका थिए ।
त्यस्तै अर्का कृषक अम्रिका सुनारको पनि खन्ने अवस्थामा रहेको आलु बाँदरले खेतमा पसेर नष्ट पारेको छ । उनको करीब एक रोपनी क्षेत्रफलमा लगाएको आलु बाँदरले पूरै खाएर नष्ट पारेको बताइन ।
करीब २०० को समूहमा बाँदर गाउँमा एकै पटक पसेर अन्न, तरकारी बाली सबै नष्ट पार्न थालेछि यहाँका कृषक चिन्तित बनेका छन् । घरभित्रै पसेर धान, गहुँ, मकैलगायतका अन्न पनि खाइदिने गरेको छ । समूहमा गाउँमा पसेका बाँदरले मानिसलाई नै आक्रमण गर्न थालेको नेत्र अर्यालले बताए । “घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ, बाटोमा हिँड्दा, घरमा बस्दा ठूलो सङ्ख्यामा आएको बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेको छ”, अर्यालले भने।
खेतमा लगाइएका आलु, बन्दा, काउली, गहुँलगायतका बालीनाली बाँदरले खाएर नष्ट पार्न थालेपछि यहाँका कृषक चिन्तामा छन् । हुँगीको विशेषगरी च्याङलिङ नौगाउँका कृषक बढी बाँदर आतङ्कको मारमा परेका छन् ।
यहाँका कृषकको दिनचर्या हिजोआज बाँदरको रेखदेख गर्दैमा बित्ने गरेको छ । यो क्षेत्रमा प्रशस्त कृषि बाली उत्पादन हुने गर्छ । यस वर्ष बाँदर आतङ्कले उत्पादन लिनै नपाइएको कृषकको गुनासो छ ।
बाँदर आङ्तक नियन्त्रणका सम्बन्धमा गाउँपालिकामा छलफल भइरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउछन्,“बाँदर छोपेर ‘समातेर’ मात्र भएन, यसको दिगो व्यवस्थापन कसरी गर्न सकिएला भन्ने विषयमा गम्भीर छलफल भइरहेको छ”, अध्यक्ष भण्डारीले भने। बाँदर छोपेर राष्ट्रिय निकुञ्जमा नै पु¥याउने विषयमा सरोकारवाला निकाय, व्यक्तिसँग सल्लाह भइरहेको अध्यक्ष भण्डारीले बताए । यस क्षेत्रमा विगत तीन वर्षयता बाँदर आतङ्क फैलिएको छ ।
रामपुरका विभिन्न स्थानमा पनि बाँदर आतङ्कले सताउन थालेको कृषक बताउँछन् । रामपुर नगरपालिकाका गाडाँकोट, दर्छा, बाहुनडाँडा, कटहरबारी, बिक्रम्दी, खालीवनलगायतका क्षेत्रमा बाँदरले वर्षेनी सताउने गरेको छ । बाँदर नियन्त्रणका सम्बन्धमा सम्बन्धित निकायले चासो नदिएको रामपुरका कृषकको गुनासो छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार
विश्वकै प्रदूषित शहर बन्यो काठमाडौं, वायुप्रदूषण तह बढेर शिर्ष स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
बुलबुलेमा मोटरबोट
बैशाख १४, २०८१ शुक्रबार
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
बैशाख १४, २०८१ शुक्रबार
विश्वमा २८२ मिलियन मानिसहरू भोकमरीको चपेटामा, गत बर्ष थपिए २४ मिलियन
बैशाख १४, २०८१ शुक्रबार
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा हुँदै
बैशाख १४, २०८१ शुक्रबार
भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी, १३ राज्यका ८८ सिटमा चुनाव हुँदै
बैशाख १४, २०८१ शुक्रबार