८ चैत्र २०७९, बुधबार

द्विपक्षीय तथा बहुपक्षीय लगानी प्रवर्द्धनसम्बन्धी समझदारी

प्रकाशित मिति :  २१ फाल्गुन २०७५, मंगलवार १९:३२


काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र ‘इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्स’बीच द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीसँग सम्बधित साझा स्वार्थको प्रवद्र्धन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच उक्त समझदारी पत्रमा नेपाल चेम्बरकातर्फबाट अध्यक्ष राजेशकाजी श्रेष्ठ र इन्डो–ल्याटिन अमेरिकन चेम्बरकातर्फबाट अध्यक्ष राजकुमार शर्माले हस्ताक्षर गरे ।

समझदारी पत्रमा इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्ससँगको सम्बन्धमार्फत ल्याटिन अमेरिकी मुलुकबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकसम्म विस्तार गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदानप्रदानलाई थप विविधीकरण गर्नेलगायत विषय समावेश छ ।

 कार्यक्रममा चेम्बरका अध्यक्ष श्रेष्ठले ल्याटिन अमेरिकी मुलुक र त्यहाँका व्यापारिक सङ्घसंस्थासँग बलियो सम्बन्ध भएको इन्डो–ल्याटिन अमेरिकन चेम्बरसँगको सम्बन्धबाट नेपाल चेम्बरको सम्बन्ध सिधैँ ल्याटिन अमेरिकासम्म पुग्ने विश्वास व्यक्त गरे ।

 इन्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्सका अध्यक्ष शर्माले उक्त समझदारीबाट नेपालले आफ्नो संस्थामार्फत व्यापारिक फाइदा मात्र होइन, सामाजिक र साँस्कृतिक रुपमा समेत जोडिएर ल्याटिन अमेरिकी मुलुकमा नेपालको सँस्कृतिको प्रवद्र्धन हुने विश्वास व्यक्त गरे  । हालसम्म नेपाल चेम्बरले अन्य देशका ६७ अन्तराष्ट्रिय चेम्बर अफ कमर्ससँग समझदारी गरिसकेको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा