८ चैत्र २०७९, बुधबार

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १५:०२


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि शिक्षण अस्पताल भर्ना भएका छन् । नियमित उपचारका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर सेन्टरमा भर्ना भएका हुन् ।

प्रधानमन्त्रीको उपचार एवम् परीक्षण प्राध्यापक डाक्टर अरुण सायमीको संयोजकत्वमा भइरहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको शिक्षण अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको मुटुको नियमित परीक्षणका लागी एक दिन भर्ना गरिएको डाक्टर सायमीले जानकारी दिए । उपचारका क्रममा थप केही परीक्षण गर्न उपयुक्त देखिएकाले अब्जरभेशनमा राखिएको पनि सेन्टरले बताएको छ ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा