१४ चैत्र २०७९, मंगलवार

तत्काल शिक्षकको मागपुरा गर्न सरकारको ध्यानाकर्षण

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १६:०४


काठमाडौं । सांसदहरुले राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको बिशेष समयमा उनीहरुले बिभिन्न माग राख्दै आन्दोलन गर्दा धरपकड गर्ने काम भएको भन्दै तत्काल शिक्षकको मागपुरा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा नेकपा सांसद खगराज अधिकारीले शिक्षकहरुको जायज मागलाई तत्काल पुरा गर्नुपर्ने बताए । सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनमा राहत शिक्षकहरुको माग सम्बोधन हुने उनको विश्वास थियो ।

उहाले दमनबाट नभई शान्तिपुर्ण तवरबाट शिक्षकको समस्या हल गर्न माग गरे । त्यस्तै कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले आन्दोलनरत राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।

राहत शिक्षकहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरीले हस्तक्षेप गरेको भन्दै उनले माग सम्बोधन नगरे सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनीसमेत दिए ।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद महेन्द्रराय यादवले राहत शिक्षकहरुको माग तत्काल सम्बोधन गरी सामुदायिक विद्यालयहरुको पठनपाठन सुरु गराउन सरकारको ध्यानाकर्षण गराए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा