धरान । नेपाली स्टार अनुप बिक्रम शाहीद्धारा अभिनित नेपाली चलचित्र ’पुरानो बुलेट’को पहिलो प्रदर्शन हङकङमा गरेसंगै सो चलचित्र निर्माण टिम प्रचार प्रसारका लागी देश दौडाहामा रहेका छन ।
चलचित्रको टीम बुधबार सुनसरीको धरानमा पुगेको छ। धरान ७ स्थित होटल सन्ध्या ईनमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा चलचित्र प्रमोसनका लागी देश दौडाहामा निस्कोको चलचित्रका निर्देशक भिषण राईले जानकारी दिएका छन ।
राईका अनुसार चलचित्रको प्रिमियर गत फेब्रूवरी २३ मा हङकङको याउमातेई स्थित कम्युनिटी हलमा गरिसकेको छ भने त्यस्तै फागुन २१ गते मंगलबार सोही चलचित्रले ’हेल्प फर ह्युमिनिटी’ अर्थात ‘न्यानो काख अभियान’ सहयोगार्थ चलचित्रको प्रदर्शनी मोरङको पथरीमा समेत गरिसकेको निर्देशक राईले जानकारी दिएका छन्।
त्यस्तै सोही चलचित्र नेपालमा भने आउदो चैत्र १ गतेबाट देशभरका सय भन्दा बढी हलहरुमा सार्वजनिक प्रदर्शनमा आउने सम्मेलनमा जानकारी दिईएको छ ।
चलचित्रमा अनुप बिक्रम साही सगै बर्षा शिवाकोटी र धराने चेली माला लिम्बुको मुख्य अभिनय रहेको छ। उनीहरूका अलावा कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी,शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
क्रेजी ईन्टरटेन्टमेन्टको ब्यानरमा बनाईएको चलचित्रको हाल सम्मको लगानी १ करोड रहेको छ । अशोक कुमार राई, दीपेन्द्र लिम्बू, वीरेन साम्बा र टिकाराम राईको लगानी रहेको चलचित्रमा सन्तोष राई कार्यकारी निर्माता रहेका छन् ।
चलचित्रमा भिषण र कार्यकारी निर्माता सन्तोषको कथा,पटकथा, हरि घले लामाको छायांकन, उत्तमजंग लिम्बू र जयन जे वाइबाकोे संगीत तथा राजेश पायल राई,मेलीना राई र जयन जे वाईवाको स्वर रहेको छ भने चलचित्रमा प्रशान्त तामाङको कोरियोग्राफी रहेको छ ।