१३ असार २०७९, सोमबार

टुँडिखेलमा एकहप्ते योग शिविर हुने, तपाई पनि जाने ?

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १८:४०


काठमाडौं । मनोक्रान्ति केन्द्र नेपालले ३२औँ मनोक्रान्ति दिवसका अवसरमा यही फागुन २६ गतेदेखि काठमाडौंको टुँडिखेलमा एकहप्ते योग साधना शिविर सञ्चालन गर्ने भएको छ ।

योग साधनाका माध्यमबाट समाज रुपान्तरणमा चेतना जगाउने लक्ष्यसहित निःशुल्क योग शिविर आयोजना गर्न लागिएको बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

शिविरमा दैनिक एक हजार योग साधक सहभागी गराउने लक्ष्य रहेको मनोक्रान्ति केन्द्र नेपालका संस्थापक डा योगी विकाशानन्दले जानकारी दिए । शिविरमा सबै व्यक्ति सहभागी हुन सक्नेछन् ।

उपत्यका बाहिरबाट आउने योग साधकका लागि भने संस्थाले नै आवासको व्यवस्था मिलाएको छ । योग शिविर बिहान ६ः३० बजेदेखि ८ः३० बजेसम्म चल्नेछ । शिविर चैत २ गतेसम्म चल्नेछ ।

विसं २०४३ देखि डा योगी विकासानन्दले सो अभियान सञ्चालन गर्दै आएका छन् । योग साधनाबारे चेतना फैलाउनु कार्यक्रमको उद्देश्य भएको केन्द्रका महासचिव डा सुवास घिमिरेले बताए ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


फिल्म ‘दोख’को ट्रेलर रिलिज
नेपालबहस संवाददाता