८ चैत्र २०७९, बुधबार

लेखनकुन्जमा लाकौलको उपन्यास लुना लोकार्पण

प्रकाशित मिति :  २२ फाल्गुन २०७५, बुधबार १९:१६


काठमाडौं । डा तुम्ला लाकौलको उपन्यास लुना लोकार्पण भएको छ। राजधानीको लेखनकुन्जमा शताब्दी पुरुष सत्यमोहन जोशी, लेखक डाक्टर तुम्ला लाकौल, मोटिभेसनल स्पीकर एवं प्रिज्म एडभराटाईजिङका सिईओ रन्जित आचार्य, महिला अधिकारवादी डक्टर ईन्दिरा बस्नेत मनोविज्ञानविद करुणा वन्त, डा रेभा श्रेष्ठ, अरुणा राज्यलक्ष्मी शाह लगायतले उक्त कृति सयुक्त रुपमा लोकार्पण गरेका हुन्।

घोस्ट राइटिङ् नेपालले प्रकाशित गरेको पुस्तक जीवनोपन्यास हो। डक्टर तुम्ला लाकौलको जीवनमाथि गत २ बर्ष अध्ययन गरेर पुस्तक प्रकाशित गरिएको हो।

कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले आफुले बिसं १९९५ सालमा पढेको रुपमतिबाट २०७५ सालामा निक्लेको आफैले विमोचन गरेको लुनासम्म आईपुग्दा उपन्यासमा धेरै विविधता आएपनि लुनामा जीवनबादी दृष्टिकोणले यो उपन्यास अहिले सम्मकै फरक रहेको बताए।

मृत्यु र जीवन बिचमा बाचेको जीवनको यो कथा अंग्रेजीमा उल्था गरेर यसलाई विश्वब्यापिकरण गर्न लेखक प्रकाशकलाई सुझाव दिए।नेपाली समाजमा लुनाले नेपाली महिलालाई बाँच्ने र केही गर्ने कला सिकाउने कार्यक्रमका अर्का अतिथि रन्जित आचार्यले बताए।

कार्यक्रममा सहभागी डाक्टर ईन्दिरा बस्नेतले लुनाको जस्तै जीवन धेरै नेपाली महिलाले भोगेको तर जीवन कथामा नआएकोले सबैलाई यस्ता जीवन लेखेर प्रेरणा दिन सझाव दिए।

लेखक डक्टर तुम्ला लाकौलले आफ्नो जीवनको असाध्यै जटिल मोडमा भएको बेला लेखिएको यो कृतिले आफुलाई शेलिको कविता याद दिलाएको बताइन्।

भयानक पीडाबाट एक सुन्दर कविता जन्मन्छ भन्ने उक्ति जस्तै यो किताब पनि जीवनको निकै दर्द भएर बाँच्न नसक्ने बेलामा लेखेकोले यसले समाजलाई प्रेरणा दियो भने आफुलाई खुशी लाग्ने बताइन्। लुनाको मुल्य तीन सय पचास रुपैयाँ तोकिएको छ।


13
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा