१७ मंसिर २०७९, शनिबार
राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लियो राजपाले (विज्ञप्तिसहित)

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार ०७:२८


काठमाडौं । राष्ट्रिय जनता पार्टी ‘राजपा’ले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको छ । राजपाको बुधबार बसेको केन्द्रीय समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

राजपाका सांसद तथा टिकापुर घटनाका आरोपी रेशम चौधरीलाई कैलाली अदालतले जन्मकैदको फैसला गरेलगत्तै बसेको राजपाको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । संसदमा राजपा नेपालका १७ जना सांसद छन् ।

दुई तिहाई बहुमत रहेको सरकारले संविधान संशोधन नगरेको तथा मधेश र थरुहट आन्दोलनका बन्दिहरुको रिहाइ नगरेको, उनीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता नलिइएको र घाइतेहरुको उपचार नगराएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा गरेको हो ।

हेर्नुस् राजपाको विज्ञप्ति:


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा