तातोपानीमा खस भाषामा आधारित पाठ्यक्रम
इन्द्र रिजाल
फागुन २३, २०७५ बिहिबार १४:२७:९
उपेन्द्र न्यौपाने
सिञ्जा । जुम्लाको तातोपानी गाउँपालिकाले स्थानीय पाठ्यक्रम बनाउन थालेको छ । जिल्लाका आठ स्थानीय तह मध्ये पहिलोपटक तातोपानीले स्थानीय खस भाषामा पठनपाठन गर्ने भएको हो ।
अहिले पाठ्यपुस्तक निर्माण कार्य भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले पाठ्यपुस्तक निर्माण गर्ने काम भइरहेको बताए । “गाउँपालिका भरी रहेका २५ वटा विद्यालयमा पढाइ गर्नका लागि पाठ्यपुस्तक तयारी थालिएको हो।” उनका अनुसार वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागाईंको संयोजकत्वमा पाँच सदस्यीय पाठ्यपुस्तक तयारी समिति बनाइएको छ ।
अन्य बाँकी काम एक सातामै सक्ने गरी काम भइरहेको छ । चैत महीनाबाट सबै विद्यालयमा पढाई हुने गरी पाठ्यपुस्तक तयारीको कामलाई तीव्रता दिइएको अध्यक्ष न्यौपानेले जनाए । स्थानीय खस भाषामा आधारित पाठ्यपुस्तक निर्माण हुने भएकाले पुरानो संस्कार र संस्कृतिको संरक्षणलाई जोड दिइएको छ । तातोपानी गाउँपालिकामा रहेका धार्मिक, पर्यटन, कृषि र जडीबुटीलाई पाठ्यपुस्तकमा समावेश गरिनेछ ।
अतिरिक्त विषयका रूपमा गाउँपालिकाले विद्यालयमा पढाई गर्ने तयारी थालेको हो । न्यौपानेका अनुसार स्थानीय सरकारले आफू अनुकूलको पाठ्यपुस्तक निर्माण गर्न पाउने अधिकार भएकाले दस्तावेजका रूपमा पुस्तक प्रकाशनको तयारीमा जुटेको हो ।
पाठ्यपुस्तक निर्माणको जिम्मेवारी पाएका वसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हरिबाबु चौलागाईंले स्थानीय खस भाषामा आधारित रहेर पाठ्यपुस्तक निर्माणको काम अघि बढेको बताए । पाठ्यपुस्तक निर्माणको काम ८० प्रतिशत सकिएको र बाँकी काम छिट्टै सम्पन्न गर्ने तयारीमा जुटेको जानकारी गराए ।
एक सय ७० पानाको पुस्तकमा ४३ वटा पाठ्यक्रम समावेश गरिनेछ । गाउँपालिकमा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक तयारीको अन्तिम चरणमा पुगेको उनको भनाइ थियो ।
तल्लो कक्षादेखि पढाई हुने गरी पाठ्यपुस्तक निर्माण गरिएको चौलागाईंले बताए । विद्यार्थीलाई बुझिने भाषामा स्थानीयस्तरको पाठ्यपुस्तक निर्माण कार्यले गाउँपालिकाको गरिमा बढाउने उनको भनाइ छ । यसै शैक्षिकसत्रबाट तातोपानी गाउँपालिकाका सबै विद्यालयले स्थानीयस्तरको पाठ्यपुस्तकमा आधारित भई पठनपाठन कार्य गर्ने भएका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआइतबारदेखि मौसममा क्रमिक सुधार हुने
चैत १६, २०८० शुक्रबार
कस्तो छ आजको मौसम ?
चैत १५, २०८० बिहिबार
महिला ‘गाइड’लाई ‘रेस्क्यू’ सम्बन्धी तालिम
चैत १४, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार