१९ चैत्र २०७९, आईतवार

आज अधिकारीद्वयको श्रद्धाञ्जली सभा, अध्यक्ष ओली र दाहालले सम्बोधन गर्ने

प्रकाशित मिति :  २३ फाल्गुन २०७५, बिहीबार ०९:०२


काठमाडौं । नेकपाका दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको सम्झनामा बिहीबार श्रद्धाञ्जलि सभाको आयोजना गरिएको छ ।

आज काठमाडौंको भृकुटीमण्डपमा दिउसो एक बजे हुने श्रद्धाञ्जलि सभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा पार्टी र सरकारको भावी कार्यदिशा, वर्तमान अवस्थाको बारेमा पनि अध्यक्षद्वयले आफ्नो धारणा राखेर नेता, कार्यकर्तालाई निर्देशन दिने नेकपाले जनाएको छ ।

नेकपाले हेलिकोप्टर दुर्घटनामा परी दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको थियो ।

त्यसको चार दिनपछि नेता भरतमोहन अधिकारीको पनि निधन भएपछि नेकपाले एकैदिन दुवै नेताको सम्झनामा संयुक्त श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको थियो ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा