१६ चैत्र २०७९, बिहीबार
राजनीति

सिके राउतसँग सरकारले अपारदर्शी सम्झौता गरेको प्रकाशमान सिंहको आरोप

प्रकाशित मिति :  २५ फाल्गुन २०७५, शनिबार १४:०५


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादी आन्दोलनमा लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको आरोप लगाएका छन् । तर, उनले नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई राउतले अस्वीकार गरेकोमा खुसी व्यक्त गरे ।

शनिबार काठमाडौं नेशनल स्कुलले आयोजना गरेको एक कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता सिंहले प्रमुख राजनीतिक दल र तिनका सांसदहरुलाई थाहै नदिइ सरकारले राउतसँग गुपचुपमा सम्झौता गरेको भन्दै असन्तुष्टि जनाए ।

‘दलहरुलाई कुनै जानकारी नै नदिइकन, अन्धकारमा राखेर गुपचुपमा राखेर कार्य अगाडि बढायो सरकारले,’ पूर्वउपप्रधानमन्त्री सिंहले भने, ‘संसदमा रहेका राष्ट्रिय दलहरुलाई पनि जानकारी दिएर यो काम गरेको भए यसको आउटकम राम्रो हुन्थ्यो ।’

राउतसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयनमा आउनेमा उनले शंका व्यक्त गरे । ‘सरकारले अरु दललाई पनि सहमतिमा लिएर नगरेको हुनाले यो कत्तिको कार्यान्वयन हुन्छ त्यो आउँदा दिनमा थाहा होला,’ उनले भने ।

यद्यपि कांग्रेस नेतृत्वमा जारी भएको संविधानलाई स्वीकार गरेर राउत सहमतिमा आउनु राम्रो भएको उनले बताए । उनले सम्झौतामा प्रयोग भएको भाषा दोहोरो अर्थ लाग्ने खालको भएकाले नेकपाभित्रै विवाद शुरू भएको समेत बताए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा