१७ मंसिर २०७९, शनिबार
राजनीति

प्रधानमन्त्री ओलीले सरकार र आफ्नो पार्टीको चिन्ता गरे हुन्छ: राजपा

प्रकाशित मिति :  २५ फाल्गुन २०७५, शनिबार १८:२२


काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले सिके राउत र सरकारबीच भएको सहमति रहस्यमयी भएको जनाएको छ । शनिबारबाट काठमाडौमा सुरु अध्यक्षमण्डलको बैठकले उक्त सहमति आफैमा विवादास्पद रहेको समेत जनाएको छ ।

सहमतिप्रति नेकपाकै केहि नेताहरुको विरोध हुनुले यस बिषयमा गम्भीर भएको राजपा अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए । शनिबारबाट सुरु बैठकले राजपाको आगामी कार्यदिशा तय गर्ने उनले बताए । पछिल्लो राष्ट्रिय राजनीतिकका बारेमा समग्रतामा छलफल हुने र राजपाको प्रभाबकारी तथा सकारात्मक भूमिकाका बारेमा साझा धारणा तय हुने यादवले जानकारी दिए ।

त्यस्तै प्रदेश दुईको सरकार तथा प्रदेश २ का आठ जिल्लामा भएको छलफलका बारेमा पनि बैठकमा समिक्षा हुने बताईएको छ भने सरकारको १ बर्षे कार्यकालको कामको समिक्षा पनि हुने र निष्कर्ष निकाल्ने उनले बताए । उनले राजपाको नभई सरकार र आफ्नो पार्टीको बारेमा चिन्ता गर्न प्रधानमन्त्री केपी ओलीलाई सुझाव पनि दिए ।

राजपाले महाधिवशेनको तयारीका लागी पनि निर्णय गर्ने बताईएको छ । बैठक केहि दिन लम्वने जनाईएको छ ।


0
Shares
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा