३ कार्तिक २०७८, बुधबार
राजनीति

झुक्याएर केही मत बढी ल्याउँदैमा फुर्तिफार्ती नदेखाए हुन्छ: प्रधानमन्त्री ओली

प्रकाशित मिति :  २५ फाल्गुन २०७५, शनिबार १८:४१


 

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्यिनस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले झुक्याएर केही मत बढी ल्याउँदैमा घमण्ड नगर्न सुझाव दिएका छन् । रौतहटको गरुडामा शनिबार नेकपा प्रदेश २ कमिटीद्धारा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय जनता पार्टी नेपाललगायत मधेसी दललाई इंगित गर्दै झुक्याएर केही मत बढी ल्याउँदैमा फूर्तीफार्त नदेखाउन सुझाव दिएका हुन् ।

उनले वर्तमान सरकार कसैप्रति आग्रह र पूर्वाग्रह नराख्ने जनताको प्रतिनिधि भएकाले जनताको आकांक्षा पूरा गर्नमा कुनै कसर नछोड्ने स्पष्ट पारे । ओलीले स्थानीयदेखि संघीय सरकारसम्म नेकपाको नेतृत्व भएकाले अबको राजनीति विकासको राजनीति हुने स्पष्ट पारे । वर्तमान सरकार कसैप्रति आग्रह र पूर्वाग्रह नराख्ने जनताको प्रतिनिधि भएकाले जनताको आकांक्षा पूरा गर्नमा कुनै कसर नछोड्ने उनको भनाई छ ।

आमसभालाई सम्बोधन गर्दे नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा मधेशबाट ८० प्रतिशत भोट ल्याएर नेकपा विजयी हुने दाबी गरे । उनले प्रदेश २ मा अहिले नै सरकार बनाउन सक्ने भएपनि अस्तिरता ल्याउन नचाहेकाले त्यसो नगरेको समेत बताए ।

त्यस्तै नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मधेसी जनतालाई भ्रम फैलाउनेका पक्षमा नलाग्न आग्रह गरे । विगतमा पनि नेकपाले झापा आन्दोलन, किसान आन्दोलन र जनयुद्ध लागयतका जागरण आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको र त्यसलाई मधेसका जनताले सधैँ साथ दिएको उनले बताए ।


इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा








चीनबाट रासायनिक मल आउन सुरु
नेपालबहस संवाददाता