१९ चैत्र २०७९, आईतवार

सांसद डा अमरेश सिंहले लक्ष्मी जोशीसँग गरे दोश्रो विवाह

प्रकाशित मिति :  २५ फाल्गुन २०७५, शनिबार २०:१०


काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद् डाक्टर अमरेशकुमार सिंहले दोस्रो बिहे गरेका छन् ।त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग शनिबार (आज) बंगलामुखी मन्दिरमा विवाह गरेका हुन् ।

सर्लाहीबाट चुनाव जित्दै आएका सांसद सिंहले यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए । पछि उनको २०६७ सालमा डिभोर्स भएको थियो ।

भारतको कुमायू विश्वविद्यालयबाट पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो । सिंह र जोशी दुबैजना विवाहित हुन् ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता