८ चैत्र २०७९, बुधबार
फिचर

तातोपानी कुण्डमा सभापति देउवा डराए, नेता पौडेलले मज्जाले डुबे [फोटो फिचर]

प्रकाशित मिति :  २५ फाल्गुन २०७५, शनिबार २१:०८


म्याग्दी । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार म्याग्दीको प्रसिद्ध प्राकृतिक उपचार केन्द्रको रुपमा परिचित तातोपानी कुण्डमा स्नान गरेका छन् ।

नेपाली कांग्रेस म्याग्दीको बिपी स्मृति भवन (पार्टी कार्यालय)को उद्घाटन र बेनीमा आयोजित आमसभालाई सम्बोधन गर्न बेनी आएको अवसरमा उनीहरु प्रसिद्ध तातोपानी कुण्ड पुगेका हुन् ।

हेलिकप्टरमार्फत म्याग्दी आएका नेताद्वय देउवा र पौडेल स्थानीय नेता तथा कार्यकर्तासहित तातोपानी कुण्डमा पुगेका थिए । कुण्डमा उनीहरुले कांग्रेस म्याग्दीका जिल्लास्तरका नेताहरुसँगै स्नान गरे ।

कांग्रेस सभापति देउवा एकैछिन मात्रै तातोपानी कुण्डमा डुबेर निस्केका हुन्, भने वरिष्ठ नेता पौडेल भने केहीबेर कुण्डमा डुबे कुण्डमा स्नान गरेर निस्कने क्रममा पत्रकारसँग कुराकानी गर्दै सभापति देउवाले तातोपानी कुण्डमा डुब्दा आफूलाई आनन्दको महशुस भएको बताए । उनले तातोपानी कुण्डको प्रचारप्रसार गर्नुपर्ने भन्दै कुण्डको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

यसैगरी वरिष्ठ नेता पौडेलले तातोपानी कुण्डमा डुब्दा आफूलाई स्वर्गको अनुभूति भएको बताउँदै आफूले आनन्दको महशुस गरेको प्रतिक्रिया दिए ।

उनले नेपालको विभिन्न स्थानमा तातोपानीका कुण्ड र मुहानहरु रहेको हुँदा धार्मिक रुपले पनि तातोपानीको महिमा रहेको बताउँदै यसले मानिसलाई पवित्रता कायम गर्ने बताए ।

वरिष्ठ नेता पौडेलले समृद्ध नेपाल निर्माणका लागि खनिज पदार्थको उत्खनन्, कृषिको क्रान्ति र पर्यटनको विकास समृद्धिको आधार भएको बताए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा