१९ चैत्र २०७९, आईतवार
विदेश

इथोपियन विमान दुर्घटना: एक सय ५७ जनाको मृत्यु

प्रकाशित मिति :  २६ फाल्गुन २०७५, आईतवार १९:२९


काठमाडौं । यात्रुबहाक इथोपियन हवाई विमान दुर्घटना हुँदा विमानमाा सवार एक सय ५७ जनाको मृत्यु भएको छ ।  आइतबार दिउँसो अदिस अबाडाबाट केन्याको नैरोबीका लागि उडेको इटी ३०२ विमानमा एक सय ४९ यात्रु र ८ जना चालक दलका सदस्य थिए ।

विमानमा विभिन्न ३३ देशका नागरिक सवार रहेको जनाईएको छ। विमान कम्पनीले त्यसमा सवार सबै यात्रु र चालक दलका सदस्य जिवित नरहेको स्पष्ट पारेको हो ।

इथोपियाको राजधानीबाट उडेको ६ मिनेटमै उक्त विमान दुर्घटना भएको थियो। दुर्घटनाको कारण अझै खुल्न सकेको छैन।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा


सभामुखको तजबिजी कायमै
नेपालबहस संवाददाता