८ चैत्र २०७९, बुधबार

राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा स्वीकृत

प्रकाशित मिति :  २६ फाल्गुन २०७५, आईतवार २०:१७


काठमाडौं । ‘राष्ट्रियसभा (पहिलो संशोधन) नियमावली २०७५, लाई विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ संशोधन मस्यौदा समितिका सदस्य दिलकुमारी रावलले प्रस्तुत  सो प्रस्ताव छलफलपछि सर्वसम्मतिले स्वीकृत भएको हो ।

छलफलमा भाग लिँदै सांसद जीतेन्द्रनारायण देवले लोकतान्त्रिक मूल्यमान्यताका आधारमा नियमावलीलाई समेट्नुपर्ने बताए । सांसद रामलखन चमारले नियमावलीले समानुपातिक पद्धतिलाई अवलम्बन नगरेको भन्दै समावेशितालाई समावेश गर्नुपर्ने माग गरे ।

बैठकमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेलकूद विकास विधेयक २०७५, छलफलका लागि सभासमक्ष पेश गरे । बैठकमा राष्ट्रियसभाका सांसदहरुले सरकार र स्वतन्त्र मधेशी गठबन्धनबीच शुक्रबार भएको सहमति देशका लागि उपलब्धिमूलक भएको बताएका थिए ।

सांसद जीतेन्द्रनारायण देवले सिके राउत र सरकारबीच शुक्रबार भएको ११ बुँदे सहमतिलाई आफूले सहज रुपमा ग्रहण गरेको बताए । सांसद देवले सहमतिपत्रमा उल्लेख भएका शब्दको सही चयन नभएको भन्दै जनमतबारे प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरे ।

बैठकमा ‘नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताएका वामपन्थी नेता गणेश पण्डितको ७२ वर्षको उमेरमा यहि फागुन २१ गते मंगलबार निधन भएको प्रति राष्ट्रिय सभाको बैठकले शोक प्रस्ताव पारित भएको छ । स्व.पण्डित २०४८ सालको आम निर्वाचनमा नुवाकोट जिल्ला क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।


0
Shares
roadshow real state
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थराजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथ चित्रण गर्छन् ।
प्रतिक्रिया दिनुहोस !
छुटाउनुभयो कि?
ताजा